दार्चुलामा ९ प्रतिस्पर्धी, बडुसँग गणेशको प्रतिस्पर्धा
बिहीबार, २७ असोज २०७९, ११ : ५१

प्रतिनिधिसभातर्फ एक निर्वाचन क्षेत्र रहेको दार्चुलामा ९ प्रतिस्पर्धी चुनावी मैदानमा उत्रिएका छन् । यहाँ सत्तारुढ गठबन्धनबाट संघीय मन्त्री तथा कांग्रेस नेता दिलेन्द्रप्रसाद बडू उम्मेदवार छन् ।
एमालेले भने यहाँ गणेशसिंह ठगुन्नालाई उम्मेदवार बनाएको छ । राप्रपाले नरेन्द्रसिंह धामी, नेमकिपाले श्रीविश्वराज दुवाललाई उम्मेदवार बनाएको छ । यस्तै नागरिक उन्मुक्ति पार्टीले तारादत्त जोशी र राप्रपा नेपालले देवबहादुर बमलाई उम्मेदवार बनाएको छ । यहाँ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले रमेशराम लुहार, नेशनलिस्ट पिपल्स पार्टीले धर्मसिंह दयाली र राष्ट्रिय स्वतन्त्र पार्टीले रविन्द्रसिंह धामीलाई उम्मेदवार बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ ‘नरसिंहाः अवतार’ मा नीति शाहको लुक्स
-
कर्फ्युअघि पर्सामा ७० राउण्ड अश्रुग्यास प्रहार, २ राउण्ड हवाइ फायर
-
२ गोलले पछि परेको अवस्था उल्टयाउँदै चौथो स्थानमा उक्लियो सिटी
-
पेप्सीकोलाबाट ६० लाख लुटपाट, १३ जना पक्राउ
-
कनेक्ट आईपीएसजस्तै देखिने फेक यूआरएलबाट सावधान रहन आग्रह
-
त्रिविमा उपप्राध्यापक परीक्षाको रोचक नतिजा : २५ जना माग गरेकोमा ३ जना पास