शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

एक निर्वाचन क्षेत्र रहेको बैतडीमा ११ प्रतिस्पर्धी

बिहीबार, २७ असोज २०७९, ११ : ४०
बिहीबार, २७ असोज २०७९

प्रतिनिधिसभा अन्तर्गत एक निर्वाचन क्षेत्र रहेको बैतडीमा ११ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । यहाँ सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवर उम्मेदवार छन् । उनको मुख्य प्रतिस्पर्धीका रुपमा एमालेका दामोदर भण्डारी छन् । 

सीमित सिटमा एमालेले जसपा र राप्रपासँग तालमेल गरे पनि बैतडीमा एमाले, राप्रपा र जसपा मैत्रीपूर्ण प्रतिस्पर्धामा उत्रिने भन्दै छुट्टाछुट्टै उम्मेदवारी दिएका छन् । यहाँ राप्रपाबाट देवबहादुर चन्द र जसपाबाट आन सिंह भण्डारी उम्मेदवार छन् ।

यस्तै, नेमकिपाबाट कृष्णप्रसाद गोसाई, राप्रपा नेपालबाट हिम्मतबहादुर चन्द, नेशनलिस्ट पिपल्स पार्टीबाट कृष्णबहादुर चन्द र राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाशचन्द्र भट्ट उम्मेदवार छन् । बैतडीमा स्वतन्त्रतर्फ त्रिलोकबहादुर चन्द, मानसिंह विष्ट र केशवबहादुर चन्दले उम्मेदवारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप