एक निर्वाचन क्षेत्र रहेको बैतडीमा ११ प्रतिस्पर्धी
प्रतिनिधिसभा अन्तर्गत एक निर्वाचन क्षेत्र रहेको बैतडीमा ११ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । यहाँ सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवर उम्मेदवार छन् । उनको मुख्य प्रतिस्पर्धीका रुपमा एमालेका दामोदर भण्डारी छन् ।
सीमित सिटमा एमालेले जसपा र राप्रपासँग तालमेल गरे पनि बैतडीमा एमाले, राप्रपा र जसपा मैत्रीपूर्ण प्रतिस्पर्धामा उत्रिने भन्दै छुट्टाछुट्टै उम्मेदवारी दिएका छन् । यहाँ राप्रपाबाट देवबहादुर चन्द र जसपाबाट आन सिंह भण्डारी उम्मेदवार छन् ।
यस्तै, नेमकिपाबाट कृष्णप्रसाद गोसाई, राप्रपा नेपालबाट हिम्मतबहादुर चन्द, नेशनलिस्ट पिपल्स पार्टीबाट कृष्णबहादुर चन्द र राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाशचन्द्र भट्ट उम्मेदवार छन् । बैतडीमा स्वतन्त्रतर्फ त्रिलोकबहादुर चन्द, मानसिंह विष्ट र केशवबहादुर चन्दले उम्मेदवारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण