पाँचथरमा १५ उम्मेदवार मैदानमा, कांग्रेसका भीष्मलाई एमालेका वसन्तको टक्कर
मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पाँचथरमा १५ जनाले उम्मेदवारी दिएका छन् । पाँचथरमा सत्ता गठबन्धन र एमालेबीच नै प्रमुख प्रतिस्पर्धा हुने आँकलन गरिएको छ।
निर्वाचन आयोगका अनुसार नेकपा एमालेले बसन्त नेम्वाङलाई उम्मेदवार बनाएको छ भने सत्ता गठबन्धनले कांग्रेसका भीष्मराज आङ्देम्बेलाई उम्मेदवार बनाएको छ ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले कमल बहादुर चेम्जोङ, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललेमदन कुमार पोख्रेल, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी) ले दीन नाथ घिमिरे, मंगोल नेशनल अर्गनाइजेसनले राम कुमार तुम्रोक, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले जस बहादुर योङहाङ, राष्ट्रिय जनमुक्ति पार्टीले नरेन्द्र प्रसाद कुरुम्वाङ, जनसमाजवादी पार्टी नेपालले भीम बहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीले दल प्रसाद लिङदेनलाई उम्मेदवार बनाएको छ । यस्तै स्वतन्त्र उम्मेदवारमा दल बहादुर आङदेम्बे, विष्टन लावती, बाल कृष्ण काफ्ले र लाख वहादुर पालूङ्वा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण