शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कञ्चनपुरका तीन निर्वाचन क्षेत्रमा गठबन्धन भर्सेस एमाले, को–को छन् प्रतिस्पर्धी

बिहीबार, २७ असोज २०७९, ११ : २०
बिहीबार, २७ असोज २०७९

प्रतिनिधिसभा अन्तर्गत कञ्चनपुरका तीन निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । कञ्चनपुरमा सत्तारुढ गठबन्धनका तर्फबाट क्षेत्र नम्बर १ मा माओवादी केन्द्रले तथा क्षेत्र नम्बर २ र ३ मा नेपाली कांग्रेसले उम्मेदवारी दिएका छन् ।

नेकपा एमालेले विभिन्न जिल्लाका गरी केही निर्वाचन क्षेत्रमा राप्रपा र जसपासँग तालमेल गरे पनि कञ्चनपुरमा एमालेले कसैसँग तालमेल गरेको छैन ।  कञ्चनपुर–१ मा गठबन्धनबाट माओवादी केन्द्रकी बीना मगर उम्मेदवार छिन् । उनी यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएकी थिइन् । सो क्षेत्रमा एमालेले तारा लामा तामाङलाई उम्मेदवार बनाएको छ । यस क्षेत्रमा ३ स्वतन्त्र गरी १० जना उम्मेदवार छन् ।

यस्तै क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनका तर्फबाट नारायण प्रकाश साउद उम्मेदवार बनेका छन् । यसअघिको निर्वाचनमा उनी पराजित भएका थिए । साउदको प्रतिस्पर्धीका रुपमा एमालेले नरबहादुर धामीलाई उम्मेदवार बनाएको छ । यस क्षेत्रमा विभिन्न दलबाट १० उम्मेदवार चुनावी मैदानमा छन् ।

कञ्चनपुर–३ मा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका रमेश लेखक उम्मेदवार बनेका छन् । उनी यसअघिको निर्वाचनमा सोही क्षेत्रबाट पराजित भएका थिए । यस क्षेत्रमा एमालेले निरुदेवी पाललाई उम्मेदवार बनाएको छ । यस क्षेत्रमा चार स्वतन्त्रसहित १२ जनाको उम्मेदवारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप