शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंकको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिहीबार, २७ असोज २०७९, ०९ : ५४
बिहीबार, २७ असोज २०७९

सिटिजन्स बैंकको ९ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने असोज २७ गते अन्तिम दिन हो । कात्तिक ४ गते वार्षिक साधारण सभा बोलाएको बैंकले शुक्रबार बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । बैंकले सभामा कम्पनीले गत वर्षको नाफाबाट ९५ नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ । यसर्थ, बैंकले १ अर्ब २७ करोड ८० लाख ८७ हजार रुपैयाँ नगदमा खर्च गर्नेछ ।
 
सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ । 

त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र बैंकको प्रबन्ध पत्र संशोधन गर्ने एजेन्डा पनि छ । सभा अमृतभोग, कालिकास्थान डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप