लमजुङमा एक लाख ३३ हजार पाँच सय ५९ मतदाता
बिहीबार, २७ असोज २०७९, ०६ : ५३

लमजुङमा एक लाख ३३ हजार पाँच सय ५९ मतदाता रहेका छन् । स्थानीय निर्वाचनपछि दुई हजार ६५ मतदाता नयाँ थपिएका निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा यससँगै ६८ हजार दुई सय ८८ महिला मतदाता रहेका छन् भने ६५ हजार दुई सय ७१ पुरुष मतदाता रहेका छन् ।
प्रदेशसभा (क) तर्फ महिला मतदाता ३१ हजार आठ सय ७२ रहेको छ भने ३१ हजार सात सय तीन पुरुष मतदाता गरी ६३ हजार पाँच सय ७५ मतदाता रहेका छन् ।
त्यस्तै, प्रदेश सभा (ख) तर्फ ३६ हजार चार सय १६ महिला र ३३ हजार पाँच सय ६८ पुरुष गरी ६९ हजार नौ सय ८४ मतदाता रहेका जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाले बताए ।
गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा लमजुङमा एक लाख ३१ हजार चार सय ९४ मतदाता रहेका थिए ।
न्युज एजेन्सी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखाबाट डेरा फोडेर करिब २ लाख बराबरको चोरी
-
‘यो सरकारलाई संविधान संशोधन गर्ने अधिकार छैन’
-
उत्तर कोरियाली नेता किमसँग अझै सुमधुर सम्बन्ध छ : ट्रम्प
-
राजधानीको शंखमुलस्थित इनारमा खसेका व्यक्तिको उद्धार
-
प्रधानमन्त्री ओलीको दृश्य काटिएको ‘राजागञ्ज’ आजबाट प्रदर्शनमा
-
ट्रम्पसँग डराएर सिधै नाइँ भन्न नसकेका हुन् पुटिनले ?