सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभातर्फ राप्रपाका १४० उम्मेदवार

बुधबार, २६ असोज २०७९, २२ : १९
बुधबार, २६ असोज २०७९

प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्ष निर्वाचनतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीका १४० उम्मेदवार कायम भएका छन् । राप्रपाले आसन्न निर्वाचनका लागि केही सिटमा नेकपा एमालेसँग तालमेल गरेको छ । बाँकी सिटमा भने राप्रपाले सबैसँग मित्रवत प्रतिस्पर्धा गर्ने जनाएको छ ।

निर्वाचन आयोगले प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावली सूचीमा प्रतिनिधिसभातर्फ राप्रपाका १४० उम्मेदवार कायम रहेको उल्लेख छ । उम्मेदवारी फिर्ताको समय सकिएपछि आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको हो । १६५ निर्वाचन क्षेत्रमा जम्मा दुई हजार ४१२ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप