प्रतिनिधिसभा अन्तर्गत देशभर ८६७ स्वतन्त्र उम्मेदवार
बुधबार, २६ असोज २०७९, २२ : ०३

प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्ष निर्वाचनतर्फ देशभर ८६७ जना स्वतन्त्र उम्मेदवार कायम भएका छन् । निर्वाचन आयोगले प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावली सूचीमा स्वतन्त्रतर्फ ८६७ उम्मेदवार कायम छन् ।
उम्मेदवारी फिर्ताको समय सकिएपछि आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको हो । १६५ निर्वाचन क्षेत्रमा जम्मा दुई हजार ४१२ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् ।