बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

प्रदेश १ मा ४३७ प्रतिनिधिसभा र ५१० जना प्रदेशसभाका उम्मेदवार कायम

प्रदेशसभाका ३८ र प्रतिनिधिसभाका १६ जना उम्मेदवारको मनोनयन फिर्ता
बुधबार, २६ असोज २०७९, २१ : ४२
बुधबार, २६ असोज २०७९

प्रदेश १ मा प्रतिनिधिसभा र प्रदेशसभा गरेर ९४७ जना उम्मेदवार कायम भएका छन् ।  निर्वाचन आयोगले उम्मेदवारी फिर्ता पछि आज साँझ ७ बजेसम्म संकलन भएको विवरण अनुसार सो संख्यामा उम्मेदवार कायम रहेका हुन् । 

प्रदेश १ मा प्रतिनिधिसभातर्फ २८ निर्वाचन क्षेत्र छ । जसमा ४३७ जना उम्मेदवार कायम भएका छन् । प्रदेश १ को २८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा ४५३ जनाले उम्मेदवारी दिएका थिए । जसमध्ये १८ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।

 यस्तै प्रदेशसभा तर्फ ५१० जना उम्मेदवार कायम भएका छन् । ५६ वटा प्रदेश निर्वाचन क्षेत्र रहेको प्रदेश १ मा यसअघि ५४८ जनाले उम्मेदवारी दर्ता गरेका थिए । जसमध्ये ३८ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप