बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

स्रोत नखुलेको साढे नौ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

बुधबार, २६ असोज २०७९, २० : ३१
बुधबार, २६ असोज २०७९

रौतहटमा स्रोत नखुलेको साढे नौ लाखभन्दा बढी नेपाली रुपैयाँसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार सितामढी जिल्ला बैरगनिया नगर पंचायत-६ का ३६ वर्षीय राजकुमार भगत रहेका छन् ।

उनको साथबाट ९ लाख ६४ हजार नेपाली रुपैयाँ बरामद भएको रौतहट प्रहरी प्रवक्ता डिएसपी सुनिल मल्लले बताएका छन् । प्रवक्ता मल्लका अनुसार बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले गौर १ मा विभिन्न सवारी साधन तथा पैदल यात्रुहरुलाई चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर-३० भी ०५३१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा बायाँ हेन्डलमा कालो प्लास्टिकको झोलामा स्रोत नखुलेको रुपैयाँ  फेला परेको थियो ।

बरामद रुपैयाँ र मोटरसाइकलसहित  भगतलाई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप