माओवादीले भन्यो–बागी उम्मेदवार, प्रस्ताव र समर्थक तीनै पक्षलाई कारवाही गर्छौं
बुधबार, २६ असोज २०७९, १८ : ३०
नेकपा माओवादी केन्द्रले बागी उम्मेदवारसहित तीनैपक्षलाई कारवाही गर्ने भएको छ । सत्ता गठबन्धनले निर्णय गरेको आधिकारिक उम्मेदवारभन्दा बाहिरबाट पार्टीका नेताहरुले बागी उम्मेदवारी फिर्ता नलिएमा कारवाही गर्ने भएको हो ।
पार्टीको निर्णय विपरित बागी उम्मेदवारी दिने व्यक्ति, प्रस्ताव र समर्थक तीनपक्षलाई कारवाही गरिने पार्टी कोषाध्यक्ष श्रीराम ढकालले बताए । ‘हाम्रो पार्टीबाट बागी उम्मेदवारी दिएका अधिकांशको फिर्ता भई सकेको छ । एकाध संख्या हुन सक्छ । फिर्ता नभए कारवाही हुन्छ,’ ढकालले भने,‘सत्ता गठबन्धनले भागवण्डा गरेर उम्मेदवार तय भएका छन् । त्यसमा पार्टीका तर्फबाट कुनै नेताले बागी उम्मेदवारी दिएमा कारवाही हुन्छ । त्यति मात्र होइन प्रस्तावक र समर्थकलाई समेत कारवाही गर्छौं ।’ माओवादीले बागी उम्मेदवारी फिर्ता लिन यसअघि नै निर्देशन दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्लाही कारागारमा कैदीबन्दी व्यवस्थापनको समस्या
-
जनकपुरमा सहकारी कर्मचारीले बोकेका ८० लाख लुटियो
-
टी–२० विश्वकपमा आतङ्कवादी हमलाको खतरा
-
मानसिक स्वास्थ्य अन्तर्राष्ट्रिय सम्मेलनको जुम्ला घोषणापत्र जारी
-
प्रभासलाई फिल्मको सुटिङमा भ्याई नभ्याई
-
कुहिएको चामल, काठको धुलो र एसिडबाट मसला बनाइरहेको ठाउँमा प्रहरीको छापा