सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय स्वतन्त्र पार्टीका श्रेष्ठले लिए उम्मेदवारी फिर्ता, गगनलाई समर्थन

बुधबार, २६ असोज २०७९, १७ : ४१
बुधबार, २६ असोज २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं ४ मा प्रतिनिधिसभामा  उम्मेदवारी दिएका अरुण श्रेष्ठले नाम फिर्ता लिएका छन् । श्रेष्ठले बुधबार दिउँसो उम्मेदवारी फिर्ता लिएपछि काठमाडौं ४ मा रवि लामिछाने नेतृत्वका राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवारी बिहिन भएको हो । 

कांग्रेस महामन्त्री गगन थापा उम्मेदवार रहेकाले संसदमा उनको आवश्यकता देखेर नाम फिर्ता लिएको श्रेष्ठ बताए ।  ‘योग्य र सक्षम व्यक्ति संसदमा आउनुपर्छ । रवि लामिछाने र गगन थापा जस्तो व्यक्ति संसदमा चाहिन्छ,’ श्रेष्ठले भने ।
यसका साथै उम्मेदवारको तयारी नपुगेले पनि आफूले उम्मेदवारी फिर्ता लिएको श्रेष्ठको भनाइ छ । अर्को पटकका लागि अलि अघिदेखि तयारी गरेर उम्मेदवार भन्ने बताए । 

यसअघि स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका सन्तोष प्रधान चौधरीले पनि थापालाई समर्थन गरेर उम्मेदवारी फिर्ता गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप