डडेल्धुरामा देउवाका प्रतिस्पर्धी सागर ढकालले पाए चुनाव चिह्न ‘सिरिञ्ज’
बुधबार, २६ असोज २०७९, १० : ००
नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लड्न डडेल्धुरा पुगेका स्वतन्त्र उम्मेदवार सागर ढकालले चुनाव चिन्ह ‘सिरिञ्ज’ पाएका छन् । बुधबार आयोगले निर्वाचन चिन्ह प्रदान गर्ने क्रममा ढकालले ‘सिरिञ्ज’ अर्थात सुई चिन्ह पाएका हुन् ।
आज उम्मेदवारी फिर्ता गर्ने कार्यक्रम समेत रहेको थियो । सो क्रममा डडेल्धुरामा ३ जना उम्मेदवारले आफ्नो मनोनयन फिर्ता लिएका छन् । फिर्ता लिनेमा एमाले उम्मेदवार चक्रप्रसाद स्नेही, राप्रपा नेपालका कालीप्रसाद जोशी र स्वतन्त्र उम्मेदवार दानबहादुर पालले उम्मेदवारी फिर्ता लिएको डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण