सूर्यबाट बञ्चित भएका घनश्यामले पाए त्रिभुज चुनाव चिह्न
बुधबार, २६ असोज २०७९, १७ : ०२

नेकपा एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले चुनाव चिह्न त्रिभुज पाएका छन् । पार्टी कमिटीबाट उम्मेदवारका रुपमा सिफारिस भएपनि एमाले अध्यक्षले भुसाललाई उम्मेदवार बनाएका थिएनन् । पार्टीले उम्मेदवार नबनाएपछि पार्टी परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी दिएका भुसाललाई निर्वाचन आयोगले त्रिभुज चुनाव चिह्न दिएको हो ।
‘लोकतन्त्र, सामाजिक न्याय र विकासको संगम त्रिभुज चुनाव चिह्न प्राप्त भएको छ’, भुसालले भने- ‘अब त्रिभुजमा भोट माग्न बाटो खुलेको छ ।’ भुसाललाई सत्ता गठबन्धनको समेत समर्थन रहने बताइएको छ । सो क्षेत्रमा एमालेले सचिव छविलाल विश्वकर्मालाई उम्मेदवार बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा एमालेले बोलायो संसदीय दलको बैठक
-
नीति तथा कार्यक्रम : ११ वटा ऐन तर्जुमाको लक्ष्य
-
आन्दोलन गरेको भन्दै आवासीय चिकित्सकहरुलाई कलेज प्रवेशमा रोक
-
चौथाइवाले ढुक्क भएर फर्किए स्वदेश, मुख्य चासो भारतको सुरक्षा
-
व्यवस्था बदलियो, अवस्था बदलिएन : उपेन्द्र यादव
-
महिला फुटबल टिमले महत्त्वपूर्ण उपलब्धि हासिल भएको छ : मेयर लामा