जगन्नाथ पौडेलको चुनाव चिन्ह ‘सूर्यमुखी फूल’
बुधबार, २६ असोज २०७९, १६ : ५८

चितवन–३ को प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ‘सूर्यमुखी फूल’ चुनाव चिन्ह पाएका छन् । निर्वाचन कार्यालयले स्वतन्त्र उम्मेदवारी पौडेललाई उक्त चुनाव चिन्ह दिएको हो ।
जगन्नाथ पौडेलले स्थानीय तह भरतपुर महानगरपालिकाको मेयर पदमा भुइँकटहर चिन्ह पाएका थिए। कांग्रेसका पूर्व सांसद पौडेलले सत्ता गठबन्धनका उम्मेदवार रेणु यादवविरुद्ध बागी उम्मेदवारी दिएपछि पार्टीबाट निष्कासित भएका थिए ।