गृहमन्त्री खाणविरुद्ध सत्तारुढ गठबन्धनका ‘बागी’को उम्मेदवारी फिर्ता
रुपन्देही ३ मा सत्ता गठबन्धनका साझा उम्मेदवार गृहमन्त्री बालकृष्ण खाणविरुद्ध सत्तारुढ गठबन्धनका ‘बागी’ले उम्मेदवारी फिर्ता लिएका छन् । रुपन्देही ३ माओवादी केन्द्रबाट प्रतिनिधिसभा उम्मेदवारी दिएका इम्दाद हुसेन खा र सोही क्षेत्रको प्रदेशसभा १ उम्मेदवारी फैज अहमद खाँले उम्मेदवारी फिर्ता लिएका हुन् ।
रुपन्देही – ३ प्रदेशसभा १ मा लोकतान्त्रिक काँग्रेसका रामचन्द्र ढकाल उम्मेदवार छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको छलफलपछि आफूहरूले उम्मेदवारी फिर्ता लिएको प्रदेशसभा उम्मेदवार फैज अहमद खानले जानकारी दिए ।
सत्तारुढ गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन र प्रतिगमनकारी उम्मेदवारलाई पराजित गर्न आफूहरूले उम्मेदवारी फिर्ता लिएको उनीहरूको भनाइ छ । ‘हामीले सत्तारुढ गठबन्धनका उम्मेदवारलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विजयी गराउन र प्रतिगमनकारी उम्मेदवार हराउन उम्मेदवारी फिर्ता लिएका छौँ,’ फैज अहमदले भने ।
प्रतिनिधिसभामा उम्मेदवारी दिएका इम्दादले गृहमन्त्री खाण र गठबन्धनलाई विजयी बनाउन उम्मेदवारी फिर्ता लिएको बताए । निर्वाचन कार्यालयले पनि फैज र इम्दादको उम्मेदवारी फिर्ता भएको जानकारी दिएको छ ।
फैज र इम्दाद नाताले बाबु छोरा हुन् । फैज माओवादीका सिद्धार्थनगर नगरपालिकाका इञ्चार्ज समेत हुन् । फैजले आफू उम्मेदवार हुँदाभन्दा बढी सत्तारुढ गठबन्धनका उम्मेदवारलाई जिताउन खटिनेसमेत बताए । ‘म जति म उम्मेदवार हुँदा प्रचार प्रसारमा खटिन्थे, त्यति गठबन्धनका उम्मेदवारलाई जिताउन खटिनेछु,’ फैजले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौँ : मन्त्री गुरुङ
-
सोकेस आयोजना ३५ मा सीमित हुनसक्ने, आयोजनाको संख्या बढाउन दबाब
-
रविको ‘भाइरल तस्बिर’ बारे छानबिन गर्न समिति गठन
-
माधव र वामदेवबिच पार्टी एकताबारे छलफल
-
माओवादीले गर्यो पाँच विषयमा छलफल गर्न कोशी प्रदेश सभाको अधिवेशन माग
-
वीरगन्ज नाकाबाट १३२ जना महिला र बालबालिकाको उद्धार