एमालेकी विद्रोही उम्मेदवार गंगा चौधरीको चुनाव चिह्न ‘लौरो’
बुधबार, २६ असोज २०७९, १६ : ४३

नेकपा एमालेले टिकट नदिएपछि विद्रोह गरी दाङ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएकी गंगा चौधरीले चुनाव चिन्ह लौरो पाएकी छन् । एमालेकी शान्ता चौधरी, र एकीकृत समाजवादीका उम्मेदवार मेटमणी चौधरीको प्रतिस्पर्धी बनेकी चौधरीले हाम्रो नेपाली पार्टीबाट लौरो चिन्ह पाएकी हुन् ।
एमाले केन्द्रीय सदस्य समेत रहेकी चौधरीले पार्टीको निर्णयविरुद्ध उम्मेदवारी दिएपछि पार्टीले उनको पद खारेज गरेको छ । चौधरीले स्वतन्त्र उम्मेदवारी दिएको बताएपनि उनले हाम्रो नेपाली पार्टीको चुनाव चिन्ह लिएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा राहत सामग्री पुर्याउन गइरहेको डुङ्गामा ड्रोन हमला
-
राष्ट्रपतिको सवारीमा सर्वसाधारणलाई दुःख नदिने घोषणा व्यवहारमा देखिएन, तस्बिरहरू
-
बजेट अधिवेशनबाट यी ९ विधेयक पारित गर्ने सरकारको घोषणा
-
नीति तथा कार्यक्रममाथि वर्षमान पुनको टिप्पणी– गन्तव्यविहीन जस्तो लाग्यो
-
सुदूरपश्चिम प्रदेशको विकासमा सहयोग गर्न भारतलाई आग्रह
-
नीति तथा कार्यक्रम : शहरी विकास मन्त्रालयका के-के विषय प्राथमिकतामा परे ?