रामवीरको चुनाव चिह्न घण्टाघर
बुधबार, २६ असोज २०७९, १६ : ३०
नेकपा एमालेबाट विद्रोह गरेका नेता रामवीर मानन्धरले घण्टाघर चुनाव चिह्न पाएका छन् । मानन्धरले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको टिकट नदिएपछि काठमाडौं–७ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
‘मेरो चुनाव चिह्न घण्टाघर कायम भएको छ’, बुधबार निर्वाचन आयोगले चुनाव चिह्न दिएपछि रातोपाटीलाई उनले बताए । सो क्षेत्रमा एमालेले श्यामप्रसाद घिमिरेलाई उम्मेदवार बनाएपछि मानन्धरले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए ।
काठमाडौ ७ मा सत्तारुढ गठबन्धनले नेपाल समाजवादी पार्टीका मानुषी यमी भट्टराईलाई समर्थन गरेको छ भने जनता समाजवादी पार्टी (जसपा)बाट राजेन्द्र श्रेष्ठ उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन र चाँदीको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
अमेरिकाद्वारा इरानमाथि सैन्य कारबाही तीव्र, पहिलो पटक बी–१ बमवर्षक विमान प्रयोग
-
सार्वजनिक बिदाका दिन राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा निरन्तर
-
अमेरिका र साउदी अरबबिच ऐतिहासिक आणविक सम्झौता
-
तेल ट्याङ्करमाथि आक्रमण गरेको हुथीको दाबी
-
कर्णालीमा नेकपाले मुख्यमन्त्री कँडेलविरुद्ध दर्ता गराएको अविश्वासको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण