रुकुम पश्चिममा कांग्रेस र स्वतन्त्र उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता

रुकुम पश्चिममा नेपाली कांग्रेसले उम्मेदवारी फिर्ता लिएको छ । प्रतिनिधि सभा र प्रदेश सभाका सबै क्षेत्रबाट कांग्रेसले उम्मेदवारी फिर्ता लिएको हो ।
कांग्रेसबाट प्रतिनिधि सभाका लागि मानबहादुर नेपाली र स्वतन्त्रबाट प्रतिनिधि सभाका उम्मेदवार लालबहादुर महतले उम्मेदवारी फिर्ता लिएका हुन् । यस्तै प्रदेश सभा (क) मा कांग्रेसले कृष्णबहादुर रोकायालाई उम्मेदवार बनाएको थियो । उनले पनि गठबन्धनलाई सघाउने भन्दै उम्मेदवारी फिर्ता लिएका छन् । यस्तै प्रदेश सभा (क) का स्वतन्त्र उम्मेदवार भिमदत्त खड्का, प्रदेश सभा (ख) का कांग्रेस उम्मेदवार खडक डाँगीले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।
गठबन्धनको भागवण्डा अनुसार प्रतिनिधि सभा र प्रदेश सभा (क) माओवादीलाई भाग परेको थियो भने (ख) मा कांग्रेस/माओवादी दुवैको नाम उल्लेख गरिएको थियो । यद्यपि माओवादीले तीन वटामै पाउनुपर्ने अडान कायम राखेपछि कांग्रेसले सबै क्षेत्रमा उम्मेदवारी दिएको थियो । अब प्रतिनिधि सभामा गठबन्धनका साझा उम्मेदवारको रूपमा माओवादीका नेता जनार्दन शर्मा र प्रदेश (क) मा महेन्द्र केसी र (ख) मा माओवादीकै राजकुमार शर्मा उम्मेदवार बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वतन्त्र प्रेसबिना लोकतन्त्रको कल्पना गर्न सकिँदैन : राष्ट्रपति पौडेल
-
बौद्धिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्नुपर्छ : अध्यक्ष ढकाल
-
‘एक्सेलेरेट एक्सन’ : महिला कलाकारको उद्घोष
-
‘द ग्रेट ग्याट्सबाइ’ को सय वर्ष
-
कलैयाका एक दर्जन निजी अस्पताल तत्काल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
-
नवराज सुवेदीलाई भेट्न निवास पुगे लिङ्देन