सर्लाही-२ मा महेन्द्र राय यादव सत्ता गठबन्धनको साझा उम्मेदवार
बुधबार, २६ असोज २०७९, १५ : ५३

चार दलीय सत्ता गठबन्धनले सर्लाही २ मा महेन्द्र राय यादव साझा उम्मेदवार भएको जनाएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबाट यादव साझा उम्मेदवार भएको विज्ञप्तिमाफर्त जानकारी गराएको हो ।
सत्ता गठबन्धनसँग चुनावी तालमेलमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट राजेन्द्र महतो उम्मेदवार छन् । महतो र यादव मध्ये सत्ता गठबन्धनको साझा उम्मेदवारबारे अन्योल भएपछि चार दलले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।
यस्तै सर्लाही २ को प्रदेशसभा १ मा सुनिल साह र २ मा कौशलकिशोर राय यादव भएको विज्ञप्तिमा उल्लेख छ । साथै सत्ता गठबन्धनले आफ्ना पार्टीका बागी उम्मेदवारी फिर्ता लिनेलाई धन्यावाद पनि दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिता र बुचलाई फिर्ता ल्याउन क्रू-१० टोली आईएसएस पुग्यो
-
जगदम्बा मोटर्स र भारतीय राजदूतावासको सहकार्यमा अपांगता भएका व्यक्तिहरूलाई सहयोग
-
प्रभु बैंकद्वारा घरपझोङ्ग गाउँपालिकामा वित्तीय साक्षरता कार्यक्रम आयोजना
-
‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक’माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत
-
वस्तु घोषणा गर्दा फरक पारेमा वस्तु मूल्यको दुई सय प्रतिशतसम्म जरिवाना तिर्नुपर्ने
-
राजस्व सङ्कलन ठेक्कामा लगाउने कार्य तत्कालै बन्द गर्नुहोस्ः मन्त्री गुरुङ