सर्लाही-२ मा महेन्द्र राय यादव सत्ता गठबन्धनको साझा उम्मेदवार
बुधबार, २६ असोज २०७९, १५ : ५३
चार दलीय सत्ता गठबन्धनले सर्लाही २ मा महेन्द्र राय यादव साझा उम्मेदवार भएको जनाएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबाट यादव साझा उम्मेदवार भएको विज्ञप्तिमाफर्त जानकारी गराएको हो ।
सत्ता गठबन्धनसँग चुनावी तालमेलमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट राजेन्द्र महतो उम्मेदवार छन् । महतो र यादव मध्ये सत्ता गठबन्धनको साझा उम्मेदवारबारे अन्योल भएपछि चार दलले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।
यस्तै सर्लाही २ को प्रदेशसभा १ मा सुनिल साह र २ मा कौशलकिशोर राय यादव भएको विज्ञप्तिमा उल्लेख छ । साथै सत्ता गठबन्धनले आफ्ना पार्टीका बागी उम्मेदवारी फिर्ता लिनेलाई धन्यावाद पनि दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण