११ अंकले बढ्यो नेप्से सूचक
दुई दिनको ४३ अंकको करेक्सनपछि चौथो दिन नेप्से सूचकमा ११ अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचकमा ११.३६ अंकले बढ्दै १८६६.५२ अंकमा उक्लिएको हो । उसो त दसैंपछि खुलेको बजारमा पहिलो साताको पहिलो कारोबार दिन (आइतबार) नै ४४ अंक माथिले नेप्से बढेको थियो ।
नेप्सेका अनुसार आज नेप्से सूचक ११ अंक माथिले बढे पनि कारोबार रकममा भने खासै सुधार आउन सकेको छैन । यसदिन पनि कुल २० लाख ८५ हजार २८४ कित्ता सेयर किनबेच हुँदै ६९ करोड १७ लाख ३७ हजार रुपैयाँ कारोबार भएको छ । अघिल्लो दिन १६ अंकले घटेको बजारमा ५५ करोडको कारोबार भएको थियो ।
आज ट्रेडिङ र म्युचुअल फन्ड बाहेकका अन्य सबै उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक २.६८ प्रतिशतले बढेको छ भने डेभलपमेन्ट बैंक समूहको उपसूचक २.०९ प्रतिशतले बढेको छ । अन्य समूहको उपसूचकहरुमा आज सामान्य वृद्धि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स ट्रफीका लागि अस्ट्रेलियाको १५ सदस्यीय टोली घोषणा
-
लस एन्जलिस आगलागी : मृत्यु हुनेको संख्या २४ पुग्यो, २७० अर्ब अमेरिकी डलर बराबर आर्थिक क्षति
-
पृथ्वीराजमार्ग सडक विस्तार : पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति
-
बागमती प्रदेशमा सीटीईभीटीका दुई संरचना
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
यस्तो छ ‘तेस्रो विराट म्युजिक एन्ड फिल्म अवार्ड’को नोमिनेसन