शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

चितवन ३ मा कांग्रेसका बागीलाई समर्थन गर्न एमालेले उम्मेदवारी फिर्ता लिँदै

बुधबार, २६ असोज २०७९, १४ : ०८
बुधबार, २६ असोज २०७९

नेकपा एमालेले चितवन– ३ मा सत्ता गठबन्धनका बागी उम्मेदवार कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालालाई समर्थन गर्ने भएको छ । यसका लागि एमालेले आफ्नो जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता लिने निवेदन आएको चितवन– ३ का निर्वाचन अधिकृत हरिसिंह धामीले रातोपाटीलाई जानकारी दिए । 

उनले भने, ‘चितवन – ३ का एमालेबाट उम्मेदवारी दर्ता गराएका रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ताका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको नामबाट पत्र आएको छ । ३ बजेसम्म निर्णय हुन्छ ।’

कांग्रेस केन्द्रीय सदस्य कोइरालाले भने आफूलाई सबै पार्टीको समर्थन हुने बताए । उनले भने-‘एमालेबाट मात्र होइन । अब कांग्रेसबाट पनि समर्थन हुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि समर्थन गर्छ ।’ कोइरालाले मंगलबार बेलुकी बालकोट पुगेर एमाले अध्यक्ष ओलीलाई भेटेपछि न्यौपानेको उम्मेदवारी फिर्ताका लागि पत्र पठाइएको बुझिएको छ ।

सत्ता गठबन्धनबाट चितवन ३ मा माओवादी केन्द्रका डा.भोजराज अधिकारी उम्मेदवार छन् ।  उनका विरुद्धमा कांग्रेस नेता कोइरालाले बागी उम्मेदवारी दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप