वामदेवको पार्टीले कसैलाई पनि समर्थन नगर्ने
![वामदेवको पार्टीले कसैलाई पनि समर्थन नगर्ने](https://rpcdn.ratopati.com/media/albums/bamdev_2_mNmLYe9ICH.jpg)
वामपन्थी नेता तथा नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष वामदेव गौतमले आफ्नो पार्टीले मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा कुनै पनि पार्टीलाई समर्थन नगर्ने बताएका छन् ।
नेता गौतमले मंगलबार एक विज्ञप्ति जारी गर्दै आफ्ना कार्यकर्ताहरूलाई निर्वाचनमा स्वविवेक प्रयोग गरेर मतदान गर्न भन्दै कुनैपनि पार्टीलाई समर्थन गर्ने नीति नरहेको बताएका हुन् ।
गौतमले सत्ता र विपक्षी दुवै गठबन्धनले बहुदलीय प्रतिस्पर्धाको राजनीतिक प्रणाली र नेपालको संविधानको भावना विरुद्ध भएको भन्दै उनीहरुका कृयाकलापले नेपालको संविधानको अक्षर र भावनाको खिल्ली उडाएको बताएका छन् ।
‘ उपरोक्त परिस्थिति र आफ्नो अवस्थालाई ध्यानमा राखेर हामी पार्टीका नेता, कार्यकर्ता, सदस्य, समर्थक र शुभचिन्तकहरुलाई स्वविवेक प्रयोग गरी मतदान गर्न अनुरोध गर्दछौं’, गौतमले भनेका छन, ‘यसरी मतदान गर्नुपूर्व स्थानीय तहका जनतालाई गोलबन्द गरी सम्बन्धित जिल्ला र क्षेत्रको निर्माण र विकास सम्बन्धी समस्या समाधान गर्न सम्बन्धित उमेदवारलाई लिखित रुपमा प्रतिबद्ध गराउने कामको अगुवाई गर्नु हुने छ ।’
गौतमले त्यसो गर्दा पार्टीका नेता–कार्यकताहरुले कुनै उमेदवारबाट व्यक्तिगत स्वार्थ पूरा गर्ने वा कुनै लेनदेनको कार्य नगर्न समेत आव्हान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?
-
वैदेशिक रोजगारीमा गएकालाई असार २७ देखि रिलायन्सको आईपीओ
-
नयाँ सत्ता समीकरण : बागमतीमा पहिलो पटक कांग्रेसको सरकार बन्ने
-
काठमाडौँको सोह्रखुट्टेमा भासियो सडक (तस्बिरहरू)
-
मुखमा कालो टेप टाँसेर रास्वपाका महामन्त्री ढकाल बैठकमा सहभागी
-
मलेप र पोखरा महानगरविरुद्ध मणिपालले दियो सर्वोच्चमा रिट