नासाको अन्तरिक्ष यानले फेरिदियो क्षुद्र ग्रहको बाटो, पृथ्वीको रक्षा गर्ने मिसन पुरा
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको डार्ट मिशनले इतिहास रचेको छ । ५५० किलोग्राम तौलको अन्तरिक्ष यानले ५०० करोड किलोग्राम तौल भएको क्षुद्र ग्रहको दिशा फेरिदिएको छ । अर्थात्, नासाले आफ्नो पहिलो प्लानेटरी डिफेन्स सिस्टममा सफलता हासिल गरेको छ । यसको अर्थ यो हो कि यदि कुनै क्षुद्रग्रह धर्तीका लागि खतरनाक छ भने त्यो आउनुभन्दा अघि नै अन्तरिक्षमा मोड्न सकिनेछ ।
नासाले २७ सेप्टेम्बर २०२२ को दिन स्थानीय समय अनुसार बिहान ४ः४५ मा डाइमरफोस क्षुद्रग्रहसँग आफ्नो डबल एस्टेरोइड रिडायरेक्सन टेस्ट (डार्ट) मिसन अन्तरिक्ष यानलाई ठोक्काएको थियो । डाइमरफोस आफ्नो मुख्य क्षुद्र ग्रह डिडिमोसको चारैतिर चक्कर लगाइरहेको छ । डिडिमोसको चारैतिर डाइमरफोसले ११ घण्टा ५५ मिनेटमा एक चक्कर लगाउँथ्यो । तर ठक्करपछि अब यसमा ३२ मिनेटको कमी आएको छ । अर्थात् अब यसले ११ घण्टा २३ मिनेटमा चक्कर लगाइरहेको छ ।
पछिल्लो दुई हप्तादेखि डार्ट मिसनका वैज्ञानिक डाइमरफोसको गतिको गणना गरिरहेका थिए । नासा प्रमुख बिल नेल्सनले यो हाम्रो लागि मात्रै नभई धर्तीका समग्र जीवका लागि ठूलो उपलब्धि भएको बताएका छन् । उनले भने, ‘हामी धर्तीलाई क्षुद्रग्रहबाट बचाउनका लागि यस्ता अन्य मिसन सुरु गर्न सक्छौँ । ’
धर्तीबाट डार्ट मिसनको लञ्चिङ करिब ११ महिना अघि गरिएको थियो । २७ सेप्टेम्बरमा उसले पृथ्वीबाट १.१० करोड किलोमिटर टाढा अवस्थित बाइनरी एस्टेरोइडलाई ठक्कर हान्यो ।
डाइमरफोसको निस्कियो १० हजार किलोमिटर लामो ‘पुच्छर’
ठक्करपछि डाइमरफोसबाट निस्केको धुलो, पत्थरको टुक्राका कारण अब यसको पछाडि अन्तरिक्षमा हज्जारौं किलोमिटर लामो पुच्छर बनेको छ । यो ‘पुच्छर’ करिब १० हजार किलोमिटर लामो छ । अब डाइमरफोस यसै पुच्छरसहित पहिलाभन्दा ३२ मिनेट कम समयमा डिडिमोसको चक्कर लगाइरहेको छ । अर्थात्, उसको आर्बिटको लम्बाइमा कमी आएको छ । यसको दिशा फेरिएको छ । वैज्ञानिकले कम्तीमा ७३ सेकेन्ड र अधिकतम १० मिनेटको मी आउने आशा गरेका थिए । तर आधाभन्दा बढी सष् कम हुनु ठूलो कुरा हो । भविष्यमा यो दुई मिनेट कम वा बढी पनि हुनसक्ने अनुमान गरिएको छ ।
This just in: The #DARTmission impact is confirmed to have changed the orbit of moonlet Dimorphos around its asteroid Didymos.
For the first time ever, humans changed the motion of a celestial object. More details: https://t.co/aQj8N7fnuV pic.twitter.com/NLR6AqEcaO
— NASA (@NASA) October 11, 2022
यो मिशन किन आवश्यक थियो ?
धेरैजसो क्षुद्र ग्रह खतरनाक हुँदैनन् । न भविष्यमा हुनेछन् । यदि कुनै क्षुद्र ग्रहबाट सम्भावित खतरा छ भने यसलाई पोटेन्सियली हजार्ड्स अब्जेक्ट्स (पिएचओ) भनिन्छ । यी सयदेखि १६५ फिट व्यास वा योभन्दा पनि ठूला हुन्छन् । यी स्पेस रक्सको दुरी धर्तीभन्दा ८० लाख किलोमिटरसम्म छ । त्यसैले त नासा र विश्वभरिका वैज्ञानिकले यसमाथि निगरानी राख्छन् । यी क्षुद्र ग्रहलाई नियर अर्थ अब्जेक्ट्स (एनईओ) भनिन्छ । कुनै ठुला ढुङ्गा पृथ्वीको दिशामा आउँदैछ कि भनेर विश्वभरीका वैज्ञानिकले आकाशतिर हेरिरहेका छन्, जुन खतरनाक बन्न सक्छ ।
WATCH: NASA’s #DART mission successfully changed an asteroid’s natural orbit – the first time humanity has altered the motion of a celestial body. It also marked the world's first test of a planetary defense system https://t.co/Uy0xp44IRj 🚀☄️ pic.twitter.com/2EreA6yQga
— Reuters Science News (@ReutersScience) October 12, 2022
डाइमरफोस–डिडिमोस कति ठूला छन् ?
डार्ट मिशन अन्तरिक्ष यान १९ मिनेटर लामो थियो । डाइमरफोस स्ट्याचु अफ लिबर्टीभन्दा लगभग दोब्बर ठूलो छ । करिब १६३ मिटरको छ । डिडिमोस ९८० मिटरको छ । डिडिमोसको अर्थ ग्रीक भाषामा जुम्ल्याहा हो । डार्ट मिशन स्पेसक्राफ्ट २२ हजार किलोमिटर प्रतिघण्टाको गतिले डाइमरफोससँग ठोक्कियो । तपाईंहरुलाई यो पनि लाग्न सक्ला कि यति हल्का अन्तरिक्षयानले यति ठूलो पत्थरलाई कसरी हल्लाउन सक्छ ? नासाका अनुसार यो काइनेटिक इम्प्याक्टर प्रविधिका कारण सम्भव भएको हो । अर्थात्, ठक्करपछि अन्तरिक्षयानको काइनेटिक एनर्जी र गतिले डाइमरफोसको गतिमा अन्तर ल्याउनु । यसको दिशामा परिवर्तन ल्याउनु । यो कुरा त शताब्दिऔँ अघि न्युटनले आफ्नो ‘ल अफ मोसन’ मा भनिसकेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँका ३ स्थानमा प्रदर्शन : एसएसपीको कमान्डमा ४ हजार प्रहरी परिचालन
-
खेल जीवनबाट सन्न्यास लिए दुई ओलम्पिकका स्वर्ण विजेता ब्राउनलीले
-
एमाले महासचिवका ९ प्रश्न : सुरुङ, रेल र पानी जहाजको योजना अघि सार्नु गलत हो ?
-
‘मृत’ भन्दै चिकित्सकले ‘पोस्टमार्टम’समेत गरिसकेका थिए, घाटमा पुग्दा जीवित
-
३२ हजारमध्ये १३ जना डेंगु संक्रमितको मृत्यु
-
उपत्यकामा खानेपानी मिटरको सुरक्षाको जिम्मा घरधनी आफैँले लिन अनुरोध