बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

झरनाको ‘भागवत गीता’ विरुद्ध बोर्डमा हिन्दुवादी संस्थाको उजुरी

बुधबार, २६ असोज २०७९, ११ : २६
बुधबार, २६ असोज २०७९

झरना थापाको निर्देशनमा बन्न लागेको फिल्म ‘भागवत गीता’ विवादमा मुछिएको छ । फिल्मको नामलाई लिएर एक हिन्दुवादी संस्थाले चलचित्र विकास बोर्डमा उजुरी हालेपछि फिल्म विवादमा मुछिएको हो ।
हिन्दू जागरण नेपालले बोर्ड अध्यक्ष भुवन केसीलाई कार्यकक्षमै पुगेर उजुरी पत्र दिएका छन् । अन्तर्जातीय प्रेमकथामा श्रीमद्भागवत् गीता जस्तो पवित्र नाममाथि फिल्म निर्माण भनेको दुष्कृत्य (अनुचित कार्य) रहेको उजुरीमा भनिएको छ ।
‘ग्रन्थको नाममा फिल्म निर्माणको अवस्था आएको खण्डमा धार्मिक क्षेत्रको आधिकारिक संस्थासँग समन्वय गरि कथा विषयवस्तुले धार्मिक क्षेत्र र सामाजिक मूल्य मान्यतामा आघात नहुने गरि मात्र निर्माण र प्रसारणको अनुमति दिन अनुरोध गर्दछौँ’ उजुरीमा अगाडि लेखिएको छ, ‘झरना थापाज्युले ‘भागवत् गीता’ नाम राखेर जसमा अन्तर्जातीय प्रेमकथामा आधारित भन्ने कुरा समाचारहरुमा आएको छ । यस्ता दुष्कृत्यलाई दोहो-याउन खोजेको स्पष्ट देखिन्छ । त्यसैले यदि श्रीमद्भागवद्को पवित्र नाम र ग्रन्थको महत्व दर्शाइने र आघात नपुग्ने गरि फिल्मका दृश्य छन् भने मात्र प्रसारण होस् ।’

विज्ञप्तिमा विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सागर थापा र हिन्दू जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्यायको संयुक्त हस्ताक्षर रहेको छ ।
फिल्म ‘भागवत गीता’ को मुख्य भुमिकामा झरनाकी छोरी सुहाना थापा देखिँदैछिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप