शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

अर्को वर्ष मात्रै हुनेछ राजा चार्ल्स तृतीयको राज्याभिषेक

बुधबार, २६ असोज २०७९, ०९ : ३४
बुधबार, २६ असोज २०७९

राजा चार्ल्स तृतीयको राज्याभिषेक अर्को वर्ष हुनेछ । यसका लागि ६ मे २०२३ को मिति तय गरिएको छ । राज्याभिषेक कार्यक्रम वेस्टमिन्स्टर एबेमा शाही समारोह आयोजना हुनेछ । बकिङ्घम प्यालेसले यसबारे जानकारी दिएको हो । शाही परिवारको एक ट्वीटमा भनिएको छ – राजा चार्ल्स तृतीयको राज्याभिषेक शनिबार ६ मे २०२३ मा वेस्टमिन्स्टर एबेमा हुनेछ ।

समारोहमा राजा चार्ल्स तृतीयका साथै द क्वीन अफ कन्सोर्ट अर्थात् उनकी श्रीमती क्यामिलाको पनि राज्याभिषेक हुनेछ । स्मरण रहोस्, यसअघि रानी एलिजाबेथले पनि राज्याभिषेकका लागि करिब १६ महिना प्रतीक्षा गर्नुपरेको थियो । फेब्रुअरी १९५२ मा पिताको निधन भएपछि उनी रानी बनेकी थिइन् तर जुन १९५३ मा उनको राज्याभिषेक भएको थियो ।

राज्याभिषेकका बेला राजा चार्ल्स ७४ वर्षको हुनेछन् । नयाँ ताज पहिरिने उनी सबैभन्दा पाका राजा हुनेछन् । उनको राज्याभिषेकको मितिमा उनका नाती आर्चीको पनि चौथो जन्मदिन पर्छ । आर्ची ह्यारी र मेगनका छोरा हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप