बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

रुरु जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बुधबार, २६ असोज २०७९, ०८ : १९
बुधबार, २६ असोज २०७९

रुरु जलविद्युत परियोजना लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात असोज २७ गते बुक क्लोज गर्दैछ ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीको असोज ७ गते सम्पन्न सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

उक्त लाभांश पारित गर्न कम्पनीले कार्तिक ७ गते, बानेश्वर ब्याङ्कवेटमा दिउसो १ बजे साधारणसभा बोलाएको छ । उक्त साधारणसभाले पारित गरेपछि प्रस्तावित लाभांश शेयरधनीहरुले पाउनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप