विप्लव समूहको नवौं राष्ट्रिय महाधिवेशन कपिलबस्तुमा सुरु
नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहको नवौं राष्ट्रिय महाधिवेशन कपिलबस्तुमा मंगलवारदेखि शुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय रहेको कपिलवस्तुको शिवगढीमा एकसातासम्म राष्ट्रिय महाधिवेशन जारी रहने बताइएको छ ।
महाधिवेशन उद्घाटन गर्दै पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढा (विसम) ले नेपालका राजनीतिक पार्टीहरू साम्राज्यवादी मुलुकको इसारामा चलेको आरोप लगाए । उनले आफ्नो पार्टी फुटाउन साम्राज्यवादी शक्तिहरुले चलखेल गरिरहेको पनि दावी गरे ।
काठमाडौंको खुल्ला मञ्चमा आयोजना गर्ने भनिएको अधिवेशन अदालतबाट नेकपाका नेताहरुलाई पक्राउ पुर्जी जारी भएपछि शिवगढी सारिएको बताइएको छ । अधिवेशनमा केन्द्रीय समितिले पारित गरेको राजनीतिक प्रतिवेदन, एमसीसी, आगामी निर्वाचन र नेतृत्व चयनको विषयमा छलफल हुने केन्द्रीय सदस्य भेषराज भुसालले जानकारी दिए ।
महाधिवेशनमा भाग लिन देशभरबाट ७ सय जना प्रतिनिधि तथा पर्यवेक्षक कपिलवस्तु आएका नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्माले बताए । महाधिवेशनमा बुधबारदेखि बन्द सत्र सुरु हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या