बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

बागी उम्मेदवारी फिर्ता लिन कांग्रेसको निर्देशन

मङ्गलबार, २५ असोज २०७९, २० : १२
मङ्गलबार, २५ असोज २०७९

नेपाली कांग्रेसले पार्टी र सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकालाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै कांग्रेसले निर्वाचन आयोगले उम्मेदवारी फिर्ता गर्न निर्धारण गरेको समयभित्र उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको हो ।

आयोगको निर्धारित समयभित्र उम्मेदवारी फिर्ता नलिए बागी उम्मेदवार र उनीहरुका प्रस्तावक तथा समर्थकलाई पार्टीबाट निष्कासित गर्ने कांग्रेसले जनाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप