सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

यी हुन् देशभरका प्रतिनिधिसभा उम्मेदवार (नामावलीसहित)

मङ्गलबार, २५ असोज २०७९, १९ : २६
मङ्गलबार, २५ असोज २०७९

निर्वाचन आयोगले उम्मेदवारको नामावली प्रकाशन गरेको छ । आयोगले मंसिर ४ मा हुने निर्वाचनको कार्यतालिका अनुसार मंगलबार उम्मेदवारको नामावली प्रकाशन गरेको हो । 

आयोगले प्रतिनिधि सभातर्फका २ हजार ५ सय ३१ उम्मेदवारको नामावली प्रकाशन गरेको छ । सोमबार उम्मेदवारविरुद्ध परेको उजुरीमाथि छानबिन गरेर आयोगले नामावली सार्वजनिक गरेको हो ।

यस्तै आयोगले बुधवार बिहान  १० देखि १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय निर्धारण गरेको छ । बुधवार ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यतालिका छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप