मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

बागी उम्मेदवारले उम्मेदवारी फिर्ता नलिए निष्काशन

मङ्गलबार, २५ असोज २०७९, १७ : ३४
मङ्गलबार, २५ असोज २०७९

सत्ता गठबन्धनले बागी उम्मेदवारी दिने नेताहरुलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । बुधबार दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता नलिएमा सम्बन्धित पार्टीले निष्काशन गर्ने सत्ता गठबन्धनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्तिअनुसार प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनमा सहभागी भएअनुसार कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा राष्ट्रिय जनमोर्चाको तर्फबाट प्रस्तुत उम्मेदवारविरुद्ध उम्मेदवारी प्रस्तुत गर्ने सदस्यहरुलाई समयभित्रै आ–आफ्नो उम्मेदवारी फिर्ता लिन भनिएको छ ।

त्यसका लागि सम्बन्धित पार्टी निकायहरुले यसबारेको निर्देशन कार्यान्वयन गराउन सम्पूर्ण प्रयास गर्ने पनि गठबन्धनले निर्णय गरेको छ। आयोगद्वारा निर्धारित समयसीमा असोज २६ गते दिउँसो १ बजेभित्र उम्मेदवारी फिर्ता नलिएमा सम्बन्धी पार्टीहरुले निष्काशन गर्ने विज्ञप्तिमा भनिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप