शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

बागी उम्मेदवारी फिर्ता लिन सत्ता गठबन्धनको निर्देशन

मङ्गलबार, २५ असोज २०७९, ०७ : ००
मङ्गलबार, २५ असोज २०७९

सत्ता गठबन्धन दलले बुधबार दिउँसो १ बजेभित्र बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । मंगलबर गठबन्धनमा आबद्ध ४ दलका मुख्य नेताहरूले एक संयुक्त विज्ञप्ति जारी गर्दै कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय  जनमोर्चाका तर्फका उम्मेदवार विरुद्ध उम्मेदवारी दिएकाहरूलाई समयभित्रै आफ्नो उम्मेदवारी फिर्ता लिन निर्देशन दिइएको छ । 

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीद्वारा संयुक्त रूपमा हस्ताक्षरित विज्ञप्तिमा समयमा त्यस्ता सदस्यले उम्मेदवारी फिर्ता नलिएमा सम्बन्धित पार्टीहरूले निष्कासन गर्ने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप