बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

रुकुम पश्चिम (ख) का कांग्रेस उम्मेदवार ओलीको उम्मेदवारी खारेज

मङ्गलबार, २५ असोज २०७९, १७ : १७
मङ्गलबार, २५ असोज २०७९

रुकुम पश्चिम प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (ख) का नेपाली कांग्रेसका उम्मेदवार प्रेम प्रकाश ओलीको उम्मेदवारी खारेज भएको छ ।  बैंकिङ कसुरमा उच्च अदालत सुर्खेतबाट दोषी ठहर भै सजाय पाएका ओली विरुद्ध उम्मेदवार हुन अयोग्य भएको भन्दै सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पश्चिममा उजुरी परेको थियो । 

 माओवादी केन्द्रका प्रदेश सभा क्षेत्र नं. २ का उम्मेदवार राजकुमार शर्माको तर्फबाट दावी विरोधको उजुरी परेकोमा छानबिनपछि निर्वाचन आयोगले मंगलबार उम्मेदवारी खारेज गरेको हो । 

कांग्रेस नेता ओलीमाथि बैंकिङ कसुर मुद्दामा एक महिना कैद र जरिवाना हुने ठहरी फैसला भएको तर ओलीले भुक्तान नगरेकाले अयोग्य रहेको उजुरीमा उल्लेख थियो । 

गठबन्धनको भागवण्डा अनुसार रुकुम पश्चिम प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (ख) मा कांग्रेस/माओवादी भनेर नै उल्लेख गरेको थियो । सोहीअनुसार माओवादीका साथै कांग्रेसले पनि ओलीलाई उम्मेदवार बनाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप