सोमबार, २९ पुस २०८१
ताजा लोकप्रिय

सेयर कारोबार ५५ करोडमा झर्‍यो, समिट लघुवित्तका सेयरधनीले १० प्रतिशतले कमाए

मङ्गलबार, २५ असोज २०७९, १५ : ४५
मङ्गलबार, २५ असोज २०७९

तेस्रो दिन पनि सेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ । अघिल्लो दिन २७ अंकले घटेर १८७१ अंकमा झरेको नेप्से सूचक मंगलबार थप १६ अंकले घट्न पुगेको हो । 

नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक १६.०६ अंकले घट्दै १८५५.१६ अंकमा ओर्लिएको छ । उसो त १६ अंकले घटेको बजारमा आज कारोबार रकम समेत ५५ करोडमा खुम्चिन पुगको छ । अघिल्लो दिन २७ अंकले घटेको बजारमा ९७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

यस दिन ट्रेडिङ, होटल तथा पर्यटन र म्युचुअल फन्ड बाहेकका अन्य उपसूचकहरु ऋणात्मक भएका छन् । डेभलपमेन्ट बैंक समूहको उपसूचक १.२८ प्रतिशतले घटेको छ भने आज जीवन बीमा समूहको उपसूचक १.२१ प्रतिशतले र अन्य समूहको उपसूचक १.२१ प्रतिशतले घटेको छ । 

यता ट्रेडिङ, होटल तथा पर्यटन र म्युचुअल फन्ड समूहको उपसूचक भने क्रमशः ०.०४, ०.०३ र ०.२६ प्रतिशतले बढेका छन् । 

आज सबैभन्दा बढी समिट लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरूले १० प्रतिशतले कमाएका छन् भने विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका सेयरधनीहरूले ७.१८ प्रतिशतले गुमाउन पुगेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप