गेलको भविष्यवाणी : यी दुई टोली टी–२० विश्वकपको फाइनलमा पुग्नेछन्

वेस्ट इन्डिजका पूर्व क्रिकेटर क्रिस गेलले अस्ट्रेलियामा हुन लागेको टी–२० विश्वकपबारे भविष्यवाणी गरेका छन् । प्रतियोगिता १६ अक्टोबरदेखि सुरु हुँदैछ । पहिलो खेल श्रीलंका र नामिबियाबीच खेलिनेछ ।
धेरै क्रिकेट समर्थकले यसपटकको फाइनल भारत भर्सेस पाकिस्तान हुने अनुमान गरेका छन् । तर, दैनिक जागरणको अन्तरवार्तामा गेलले भने, ‘मलाई लाग्छ यो प्रतियोगिताको फाइनल वेस्ट इन्डिज र अस्ट्रेलियाबीच हुनेछ ।’
यद्यपि, आफ्नो दाबीसँगै उनले टी–२० विश्वकपमा वेस्ट इन्डिजको बाटो सहज भनेको नभएको स्वीकार गरे । ‘वेस्ट इन्डिजका लागि यसपटक निकै कठिन हुनेछ किनभने टोलीमा नयाँ कप्तान छन् । केरन पोलार्ड, आन्द्रे रसल र ब्राभो टीमको हिस्सा छैनन्,’ उनले भने । यसको अलावा सुनिल नरेन पनि टिममा छैनन् भने शिमरन हेटमायर पनि टोलीबाट बाहिर भएका छन् ।
गेलका अनुसार वेस्ट इन्डिज खतरनाक टोली हो र खेलको आधारमा सही रणनीति बनाउन सक्यो भने खेललाई आफ्नो पक्ष पार्न सकिने आशा व्यक्त गरे ।-बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म