मेरो उम्मेदवारी समग्र गोरखाको विकासको लागि : धिताल
मङ्गलबार, २५ असोज २०७९, १५ : १६

गोरखा क्षेत्र नम्बर १ ‘क’ मा सत्ता गठबन्धनको साझा उम्मेदवार कृष्ण धितालले आफ्नो उम्मेदवारी समग्र गोरखाको विकासका लागि भएको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्रका नेता कार्यकर्तासँगगको भेटमा धितालले आफ्नो उद्देश्य व्यक्तिगत नभई पार्टीको नीति तथा योजना भित्र बसेर गोरखाको समग्र विकासका साथै सहिदको सपना साकार पार्नु रहेको बताए ।
गोरखा १ ‘क’ का जनतासँग आफ्नो राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै धितालले आफू विजयी हुनेमा विश्वस्त रहेको बताए । गठबन्धनको साझा उम्मेदवार भएकाले गठबन्धन सबै नेता कार्यकर्तासँग छलफल गरेर अगाडि बढ्ने उनले बताए । ‘यो क्षेत्रमा विकासको ठूलो सम्भावना छ । बहुप्रतीक्षित आयोजना बुढीगण्डकी परियोजनाको सफलता नै यस क्षेत्रको विकाससँग जोडिएको हुँदा मेरो विशेष ध्यान यसमा जानेछ’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पल शाहको निर्माणमा ‘यानीमाया’ घोषणा
-
फिल्म ‘जदौ’ निर्माण घोषणा, को-को छन् कलाकार ?
-
लमजुङमा डुबेर एक बालिकाको मृत्यु
-
गण्डकी प्रदेशभरि खानेपानी आयोजना अलपत्र, संघकै योजना पूरा गर्न ३ अर्ब चाहिने
-
लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
-
नेपाल चिकित्सक संघको दुई बुँदे माग सहित ७२ घण्टे ‘अल्टिमेटम’, माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने