जसपाका मन्त्री हटाउन बालुवाटारमा गठबन्धनबीच छलफल

प्रधानमन्त्री शेरबहादुर देउवालाई जनता समाजवादी पार्टी (जसपा) का मन्त्री हटाउन दबाब बढेको छ । सत्ता गठबन्धनमा रहेको जसपा मंसिर मंसिर ४ मा हुने निर्वाचनमा प्रतिपक्षी दल नेकपा एमालेसँग तालमेल गर्न पुगेपछि सत्तारुढ दलबाटै जसपाका मन्त्रीहरू हटाउन प्रधानमन्त्री देउवामाथि दबाब बढेको हो ।
सरकारमा रहेर प्रतिपक्षी एमालेसँग चुनावी तालमेल गरेको भन्दै सत्ता गठबन्धनका नेताहरूले प्रधानमन्त्री देउवासँग आन्तरिक छलफल गरेसँगै देउवाले गठबन्धन दलका शीर्ष नेताको बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा जसपाका मन्त्री हटाउने कि विना विभागीय बनाउने भन्नेबारे छलफल भइरहेको एक नेताले जानकारी दिए ।
‘जसपाका मन्त्री र बागीबारे छलफल भइरहेको छ’, ती नेताको भनाइ छ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मंगलबार बिहान जसपाका मन्त्रीबारे स्वाभाविक रूपमा प्रश्न उठेको भन्दै त्यसबारे बैठकमा छलफल हुने रातोपाटीलाई बताएका थिए ।
जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव र वन तथा वातावरणमन्त्री प्रदीप यादव मन्त्री छन् । उनीहरूलाई जसपाले गत असारमा सरकारमा पठाएको हो ।
त्यसअघि देउवाले जसपाका मन्त्री हटाउने वा विना विभागीय बनाउने भन्नेबारे आफू निकट कानुन व्यवसायीहरूसँग समेत छलफल गरेको बालुवाटार स्रोतले जनाएको छ ।
मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा जसपाले मागेजति सिट नदिएको भन्दै अन्तिम अवस्थामा एमालेसँग चुनावी तालमेल गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मचारीको अवकाश र ज्येष्ठ नागरिकको भत्ता पाउने उमेर बढाउन सुझाव
-
जलविद्युत् आयोजनामा भूमिगत विद्युत्गृहभित्र रोटर जडान
-
रुकुम पश्चिममा ७५ रोपनीमा लगाइएको अफिमखेती नष्ट
-
मकवानपुरमा छुट्टाछुट्टै दुर्घटना, दुई जनाको मृत्यु
-
रवि/बालेनहरुको उखरमाउलोलाई राष्ट्रिय खतरा देखाउन खोजिँदैछ : घनश्याम भुसाल
-
राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आजको आवश्यकता : प्रधानमन्त्री