मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

झरीले धानबालीमा क्षति, सिन्धुपाल्चोकका किसान मर्कामा

मङ्गलबार, २५ असोज २०७९, १४ : १७
मङ्गलबार, २५ असोज २०७९

अघिल्लो हप्ता परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोकका किसानको धानबालीमा क्षति पुगेको छ । दसैंको अघिल्लो दिनदेखि नै देशभर परेको पानीका कारण धानबालीमा क्षति पुगेको हो ।

लगातारको वर्षाका कारण पाक्ने बेलाको धानबालीमा क्षति भएपछि किसान चिन्तित भएका छन् । हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिकाको कतिपय ठाउँमा धान काट्ने बेला भइसकेको छ । किसानले दसैं लगत्तै धान काट्ने योजना बनाए पनि काट्न नपाउँदै ढलेपछि चिन्तित बनेका हुन् । धेरै धान फल्ने फाँटमा लगाएको धान वर्षाले ढलाइदिएको मेलम्ची नगरपालिका–५ भरतमणि सिग्देलले बताए । 
 
“दसैं मनाएलगत्तै धान काट्न हुने भइसकेको थियो, तर अहिले पाकेको धान काट्न नपाउँदै लगातारको पानीले पाकेको धान सखाप पारेको छ, अब कसरी धानलाई भित्र्याउने भन्ने चिन्ता सबैमा छ”, मेलम्ची– ५ का राजेन्द्र ढकालले भने । वर्षाले खेतमा लगाएको धानसँगै बारीमा लगाएको कोदो बालीमासमेत क्षति पु¥याइएको छ । जिल्लाका अधिकांश किसानले लगाएको धान तथा कोदो बालीमा वर्षाले क्षति पु¥याएपछि किसानलाई चिन्ता थपिएको छ । 

लगातारको वर्षाले जिल्लाको अधिकांश क्षेत्रमा धानबालीमा क्षति पु¥याएको छ । अझै पनि पानी पर्ने सङ्केत देखिएकाले धान काट्न डराउनुपर्ने अवस्था रहेको मेलम्ची–९ का किसान कृष्णबहादुर खड्काले बताए ।मौसम खुल्नेबित्तिकै धान काट्ने चटारो रहेको उनले बताए । जिल्लामा विशेषगरी बास्मती, खुमल ४, मन्सुली र हाइब्रिट प्रजातिको धान लगाउने गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप