शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

राजापुर र गेरुवामा एक हजार चार सय घर डुबानमा

मङ्गलबार, २५ असोज २०७९, १४ : १२
मङ्गलबार, २५ असोज २०७९

पछिल्लो साता लगातार भएको अविरल वर्षाका कारण कर्णाली नदीमा आएको बाढी बस्तीमा पुगेकाले  राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका– एक हजार चार सय घर डुबानमा परेर  अधिकांश बासिन्दा विस्थापित भएका छन् ।

विस्थापित र अति पीडितको सुविधाका लागि सात ठाउँमा  खानाको मेस चलाएर खाना खुवाइरहेको राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताए । बाढी पीडित क्षेत्रमा यसवर्ष पनि धानबाली क्षति भएको छ । गतवर्ष धान काट्दै गर्दा बाढी आएर बगाएको थियो भने यसवर्ष पनि पाकेको धानबाली ढाल्ने र हिलोले पुर्ने गरेको गेरुवा वडा नं ४ का किसान भूमिसरा चलाउनेले बताए । 

धानको क्षति भएकाले यसवर्ष पनि आफूहरु बिचल्लीमा परेको अर्का किसान सुन्दरी थरुनीले बताइन् । गतवर्ष पनि धानको क्षतिको विवरण लिएर गए पनि धानको क्षतिपूर्ति नदिएको उनको गुनासो थियो  । मानवीय क्षति भएको छैन तर धानबाली, खाद्यन्न र घर क्षति भएको राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले  बताए । उनका अनुसार  कर्णाली नदी व्यवस्थापन आयोजनामा पर्याप्त बजेट नआउँदा नदीको व्यवस्थापन हुन सकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप