शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

२९ पालिका बजेटविहीन, चरम बेथितिमा मधेस प्रदेश

मङ्गलबार, २५ असोज २०७९, १३ : ५७
मङ्गलबार, २५ असोज २०७९

२९ वटा स्थानीय तह बजेटविहीन बन्न पुगेको छ । संविधानतः अघिल्लो असार १० गतेभित्र नै सबै स्थानीय तह (पालिका) हरुले आर्थिक वर्षको बजेट ल्याइसक्नुपर्ने कानुनी प्रावधान भए पनि २९ वटा पालिकाहरूले हालसम्म पनि बजेट ल्याउन नसकेका हुन् । 

यस्तोमा सबैभन्दा बढी चरम बेथिति मधेस प्रदेशमा देखिएको छ । प्रदेशको कुल १३६ स्थानीय तहहरू मध्ये हालसम्म ११० वटा पालिकाहरूले मात्र आर्थिक वर्ष २०७९÷८० को बजेट ल्याएका छन् भने बाँकी २६ वटा पालिकाले बजेट ल्याउन सकेका छैनन् । 

यस्तै, लुम्बिनी प्रदेशका ३ वटा पालिकाले समेत हालसम्म आर्थिक वर्षको बजेट ल्याउन नसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । गण्डकी प्रदेशमा एक महानगरपालिका सहित ८५ पालिकाहरू रहेका छन् । 

सामान्य प्रशासन मन्त्रालयका अनुसार बाँकी ५ वटा प्रदेशहरूबाट शतप्रतिशत पालिकाहरूले बजेट ल्याइसकेका छन् । प्राप्त तथ्याङ्क अनुसार कुल ७५३ स्थानीय तहहरूमध्ये ७२४ स्थानीय तहले बजेट पाएका छन् भने २९ वटाले पाएका छैनन् । 

प्रतिशतमा ९६.१५ प्रतिशत पालिकाले बजेट पाएका छन् भने ३.८५ प्रतिशतले हालसम्म आर्थिक वर्षको बजेट पाउन सकेका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप