बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधान सेनापति र पाकिस्तानका राजदूतबीच बिदाइ भेट

मङ्गलबार, २५ असोज २०७९, १३ : ३५
मङ्गलबार, २५ असोज २०७९

आज मिति २०७९ असोज २५ गते प्रधान सेनापति प्रभुराम शर्मा र पाकिस्तानका राजदूत सयद हैदर साहबीच जङ्गी अड्‍डामा भेटघाट भएको छ । पाकिस्तानका राजदूत साहले आफ्नो कार्यकाल समापन गरी स्वदेश फिर्ता जान लागेको अवसरमा सो भेटघाट भएको हो । 

उक्त भेटघाटमा प्रधान सेनापति शर्माले राजदूत साहले पूरा गरेको सफल कार्यकालको लागि बधाई दिँदै सुखद भविष्यका लागि शुभकामना समेत दिएका थिए । यस किसिमको भेटघाटले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप