ताइवानी स्वतन्त्रता बिक्रीका लागि होइन : राष्ट्रपति वेन

ताइवानकी राष्ट्रपति साई इङ–वेनले आफ्नो राष्ट्रिय भाषणमा चीनलाई रुस–युक्रेन द्वन्द्वसँग तुलना गर्दैै ताइवानले आफ्नो स्वतन्त्रता र लोकतान्त्रिक जीवन शैलीलाई कहिल्यै नछोड्ने चेतावनी दिएकी छिन् ।
हालै, विश्वको सबैभन्दा धनी व्यक्ति एलोन मस्कले फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा ताइवान र चीनबीचको समस्या कसरी समाधान गर्ने भन्ने बारेमा आफ्नो विचार सेयर गरेका थिए । उनले भनेका थिए, ‘मेरो लक्ष्य ताइवानको लागि एक विशेष प्रशासनिक क्षेत्र पत्ता लगाउने हो । सम्भवतः यसले सबैलाई खुसी बनाउँदैन ।’
मस्कको सुझावलाई अमेरिकाका लागि चिनियाँ राजदूत किन ग्याङले प्रशंसा गरेका थिए र उनलाई धन्यवाद दिएका थिए । तर, वाशिंगटनका लागि ताइवानका राजदूत हसियाओ बिखिमले यसको कडा आलोचना गरिन । उनले ट्वीट गरेकी छिन्, ‘हाम्रो भविष्यको लागि कुनै पनि दिगो प्रस्ताव शान्तिपूर्ण रूपमा जबरजस्तीबाट मुक्त र ताइवानका जनताको लोकतान्त्रिक इच्छाको सम्मान गर्नुपर्दछ । ’ उनले ताइवानको लोकतन्त्र र स्वतन्त्रता बिक्रीको लागि नभएकोसमेत बताएकी छिन् ।
चीन र ताइवानबीचको द्वन्द्व दिन प्रतिदिन चर्किएको छ । केही महिनाअघि अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमणपछि दुई देशबीचको तनाव चर्किएको हो ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य मन्त्रालयले भन्यो– औषधि लिमिटेड खरिद प्रक्रियामा समावेश नभएकाले खरिद रोकियो
-
सेयर बजार लगातार वृद्धि, कारोबार रकम १० अर्ब नाघ्यो
-
पूर्वपर्यटन मन्त्री प्रेम आलेमाथि अख्तियारले थाल्यो छानबिन
-
वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने राप्रपाको निर्णय
-
रास्वपाको केन्द्रीय समिति बैठक वनस्थलीमा जारी
-
तनहुँमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु