आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

नवौँ राष्ट्रिय खेलकुद : बागमतीलाई  फेन्सिङमा पहिलो स्वर्ण

सोमबार, २४ असोज २०७९, २० : ५७
सोमबार, २४ असोज २०७९

बागमती प्रदेशले  नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फेन्सिङ खेलमा पहिलो स्वर्ण पदक हात पारेको छ । पोखरा रङ्गशालामा आजदेखि सुरु भएको फेन्सिङ खेलको सेबर विधानमा बागमती प्रदेशका शिक्षा नापितले स्वर्ण पदक जित्न सफल भएकी हुन् । 

सशस्त्र प्रहरी बलका उर्मिला लामालाई पराजित गर्दै नापितले बागमतीलाई पोखरामा पहिलो पदक दिलाउन सफल भइन् । यसैगरी नेपाल आर्मीका रविना थापा र आर्मीकै मनिषा क्रमश : द्वितीय र तृतीय हुँदै रजत र कास्य पदक जित्न सफल भए ।

प्रतियोगितामा फेन्सिङतर्फ ‘इपी’, ‘फोयल’ र ‘सेबर’ विधामा व्यक्तिगत र टिम इभेन्टमा प्रतिस्पर्धा हुने कास्की जिल्ला फेन्सिङ सङ्घका अध्यक्ष विजय शाहीले बताए । प्रतियोगितामा दुई विभागीयसहित छ टोलीको सहभागिता छ । प्रतियोगितामा नेपाली आर्मी, सशस्त्र प्रहरी बलसहित गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको सहभागिता छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप