शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सामाजिक सञ्जालबाट गरिने विज्ञापन पनि निर्वाचन खर्चमा समावेश हुने

सोमबार, २४ असोज २०७९, १८ : ५९
सोमबार, २४ असोज २०७९

निर्वाचन आयोगले उम्मेदवारहरूले सामाजिक सञ्जालमा गरिएको विज्ञापन पनि निर्वाचन खर्चमा समावेश हुने जनाएको छ । सोमबार विज्ञप्ति जारी गर्दै आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरूले सामाजिक सञ्जालको प्रयोग गरेर चुनावी प्रचार निर्वाचन खर्चमा समावेश हुने जनाएको हो । 

आइतबार देशभर १६५ प्रतिनिधिसभा सदस्य र ३३० प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दिएकामध्ये कतिपयले सामाजिक सञ्जालमा आफ्नो प्रचारप्रचार र विज्ञापन गर्न थालेको आयोगले जनाएको छ । आयोगले भनेको छ, ‘सामाजिक सञ्जालमार्फत हुने विज्ञापनको सबै खर्च विवरण समेत चुस्त दुरुस्त राख्न सबै राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरिन्छ ।’

आयोगले जारी गरेको निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोग सम्बन्धी नीति २०७७ बमोजिम सामाजिक सञ्जालबाट गरिएका र गरिने प्रचारको अनुगमन र मूल्यांकन भइरहेको आयोगले जनाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप