शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

उजुरी छानविन निर्वाचन अधिकृतको कार्यालयबाट हुन्छ : आयोग

सोमबार, २४ असोज २०७९, १७ : ५७
सोमबार, २४ असोज २०७९

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएकाहरुको उजुरीमाथिको छानविन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले टुंगो लगाउने स्पष्ट पारेको छ ।  निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार दिएकाहरुको उजुरीको छानविन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले नै टुंगो लगाउनेगरी आवश्यक व्यवस्था मिलाइएको बताएका हुन् ।

हिजो असोज २३ गते सो निर्वाचनका लागि उम्मेदवारी मनोनयन गरिएको थियो भने आज अपरान्ह ३ बजेसम्म त्यसमाथिको दावी विरोध र उजुरीको समय तोकिएको थियो । सोमबार संक्षिप्त कुरा गर्दै आयोगका प्रवक्ता पौडेलले कर्णाली प्रदेशका केही जिल्लाहरूबाट विद्युत र टेलिफोन दुवै अवरुद्ध भएकाले त्यहाँ मनोनयन भएका उम्मेदवारहरूको डाटा भने आउन बाँकी रहेको जानकारी समेत दिए ।

उनले भने, ‘जिल्लामा हिजो मनोनयन दाखिला भयो । अव मनोनयन दाखिलाको काम टुंगिएको छ । त्यसको डाटाहरु पनि प्राप्त भएको छ । अब कर्णालीका जिल्लाहरुमा अझै पनि इन्टरनेट र टेलिफोन अवरुद्ध भइराखेको हुनाले त्यहाँको चाहिँ सिस्टममा पोष्टिङ हुन सकेको छैन । नभए अरु सबैतिरको आइसकेको छ । र, आज ३ बजेसम्म दावी, विरोधी र उजुरी गर्ने कार्यक्रम थियो । यो सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमै हुन्छ । र, सम्बन्धित निर्वाचन अधिकृतले नै यो टुंगो लगाउनुपर्छ । कुनै गाह्रो, अप्ठ्यारो केही इस्यु आयो छलफल गर्नुपर्ने विषय भयो भने आयोगसँग उहाँहरुले सम्पर्क गर्न सक्नुहुन्छ । नभए यो उहाँहरु आफैंले यो काम गर्नुहुन्छ ।’

आयोगले उम्मेदवारीमाथि परेको उजुरी पुष्टि हुने प्रमाण भेटिए उनीहरुको उम्मेदवारी स्वतः रद्ध हुने पनि बताएको छ । आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप