शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बारामा १८६ जनाको उम्मेदवारी : संघ र प्रदेशमा को को छन् उम्मेदवार ?

सोमबार, २४ असोज २०७९, १७ : ४७
सोमबार, २४ असोज २०७९

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि बारामा स्वतन्त्रसहित १८६ जनाको उम्मेदवारी दर्ता भएको छ । बाराको ४ वटा प्रतिनिधिसभा र ८ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा जम्मा १८६ जनाले आइतबार सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिएका छन् ।

४ वटा संघीय निर्वाचन क्षेत्रका लागि ७१ जना, प्रदेशसभातर्फ ८ वटा क्षेत्रमा ११५ जनाले उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभातर्फ ३० जनाले र प्रदेशसभातर्फ ५४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

बारा–१ मा संघमा १८ र प्रदेशमा २८ जनाको उम्मेदवारी

बाराको निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधिसभा र प्रदेशसभा गरी ४६ जनाको उम्मेदवारी दर्ता भएको छ । प्रतिनिधिसभामा १८ जना, प्रदेशसभा सदस्यमा ‘क’ मा १३ र ‘ख’ मा १५ जनाको उम्मेदवारी परेको हो । जसमध्ये संघ तर्फ स्वतन्त्रमा ६ जनाले र प्रदेशसभा सदस्य तर्फ १४ जनाले उम्मेदवारी दिएको निर्वाचन अधिकृत कैलाश केसीले जनाएका छन् ।

बारा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका तर्फबाट खानेपानी मन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीले र एमाले–जसपा गठबन्धनको तर्फबाट एमाले केन्द्रीय सदस्य अच्युत प्रसाद मैनालीले उम्मेदवारी दर्ता गराएका छन् । २०७४ को निर्वाचनमा पनि यिनै दुई बीच भएको प्रतिस्पर्धामा चौधरी निर्वाचित भएका थिए ।

बारा–१ मा राप्रपाका भक्त बहादुर दर्लामी, हाम्रो नेपाली पार्टीबाट राकेश न्यौपाने, राप्रपा नेपालबाट शिव प्रसाद तिमल्सिना, मंगोल नेसनल अर्गनाइजेशनबाट महेन्द्र चौधरी, नेपाली कांग्रेस (बीपी)बाट धर्मेन्द्र प्रसादले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, नेपाल लोकतान्त्रिक पार्टीबाट मोजहर हुसेन मन्जुर, नेपाली जनता पार्टीबाट प्रदिप कुमार प्रसाद साह कलवार, नागरिक उन्मुक्ति पार्टीबाट भुवन प्रसाद चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश धिमाल र जनमत पार्टीबाट मनोज कुमार थारुले पनि यस क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्रमा भने अनिल कुमार गुप्ता, कृष्ण राज गिरी, धर्मेन्द्र कुमार साह, शिव प्रसाद रिजाल, अनवर अन्सारी र चनकराज भट्टराईको उम्मेदवारी परेको छ ।

प्रदेशसभातर्फ सत्ता गठबन्धनबाट बारा क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसका रमेश प्रसाद दंगालले उम्मेदवारी दर्ता गराएका छन् । यता एमाले–जसपा गठबन्धनबाट त्रिलोकी चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।

सोही क्षेत्रबाट हाम्रो नेपाली पार्टीका भेष बहादुर ढकाल, नेपाल सुशासन पार्टीका दामोदर परुहर, नागरिक अन्मुक्ति पार्टीका राधा कुमारी चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी साह कलवार, मंगोल नेसनल अर्गनाइजेशनका मदन बहादुर बम्जन र जनमत पार्टीका युवराज मैनालीले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेश सभा ‘क’ मा स्वतन्त्र रुपमा शिवनारायण थारु, जयमंगल चौधरी, देवराज घिमिरे, एक बहादुर श्रेष्ठ र सन्नी लामाको उम्मेदवारी परेको छ ।

प्रदेशसभा १ ‘ख’ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नागेन्द्र साह कानु र जसपाबाट मधेस प्रदेशका सभामुख सरोज कुमार यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, राप्रपा नेपालबाट जोखु साह कानु, नेकपा एकीकृत समाजवादीबाट बतहु राय यादव, नागरिक उन्मुक्ति पार्टीबाट उमेश प्रसाद कलवार र जनमत पार्टीबाट सिताराम प्रसाद नेपालीले पनि यस क्षेत्रबाट उम्मेदवारी दिएका छन् ।

प्रदेश सभा ‘ख’ मा स्वतन्त्र रुपमा राकेश कुमार कुशवाहा, अशोक कुमार यादव, अरुण कुशवाहा, कमरुल्लाह अन्सारी, जयन्त कुमार कुशवाहा, राजकुमार प्रसाद साह, संजय प्रसाद यादव, विन्देश्वर यादव र प्रभुदास तव्माको उम्मेदवारी परेको छ ।

बारा–२ मा ४७ जना उम्मेदवार

बाराको क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा र प्रदेशसभा गरी ४७ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभामा १५ जना, प्रदेशसभा ‘क’ मा १५ र ‘ख’ मा १७ जना उम्मेदवार छन् । तीमध्ये स्वतन्त्र उम्मेदवारको संख्या २९ छ ।

प्रतिनिधिसभा सदस्यतर्फ १५ जनाको उम्मेदवारी परेकोमा ९ जना स्वतन्त्र उम्मेदवार छन् । यस्तै प्रदेशसभातर्फ २ सदस्यका लागि ३२ जनाको उम्मेदवारी परेकोमा स्वतन्त्र उम्मेदवारको संख्या २० छ ।

प्रतिनिधिसभातर्फ बारा–२ मा एमाले–जसपा गठबन्धनका तर्फबाट पूर्व वनमन्त्री तथा जसपाका केन्द्रीय सदस्य रामसहाय प्रसाद यादवले र सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका शिवचन्द्र कुशवाहाको उम्मेदवारी दर्ता भएको छ ।

यस्तै नेपाल मजदुर किसान पार्टीबाट मेरोलाल प्रसाद यादव, राप्रपा नेपालबाट रविन्द्र प्रसाद जैशवाल, नेपालका लागि नेपाली पार्टीबाट शेख ओली आलम र राप्रपाबाट सोनालाल प्रसाद साह तेलीको उम्मेदवारी दर्ता भएको हो ।

प्रतिनिधिसभामा स्वतन्त्र रुपमा अरुण कुमार ज्ञवाली, जितेन्द्र प्रसाद यादव, प्रशान्त कुमार यादव, विनोद कुमार यादव, मंजारुल अन्सारी, रबिन्द्र प्रसाद यादव, रामकिशोर प्रसाद यादव र शम्भु प्रसाद साहको उम्मेदवारी परेको छ ।

बारा २ (क) मा प्रदेशसभा सदस्यमा नेकपा एमालेका केन्द्रीय सदस्य बलबीर चौधरी र सत्ता गठबन्धनको तर्फबाट लोसपाका मोतीलाल प्रसादले उम्मेदवारी दर्ता गराएका छन् । दुई मुख्य गठबन्धन बाहेक नेपाल लोकतान्त्रिक पार्टीबाट के.एस फिजिसन, नेपालका लागि नेपाली पार्टीबाट जगदेव महतो कोइरी, राप्रपाबाट देवानन्द सहनी र जनमत पार्टीबाट रामाशंकर प्रसाद कुशवाहाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेशसभा ‘क’ मा स्वतन्त्र रुपमा अनुरुद राउत, कामेश्वर प्रसाद यादव, दिपेन्द्र प्रसाद यादव, धर्मलाल प्रसाद यादव, राजेश प्रसाद यादव, लक्ष्मण राउत अहिर, बीरेन्द्र प्रसाद यादव, श्रीमती उषा कुमारी यादव र शारदा शंकर प्रसाद कलवारको उम्मेदवारी परेको छ ।

प्रदेशसभा (ख) मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका रामअयोध्या प्रसाद यादव, जसपाका बच्चा राउत अहिरले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी जनमत पार्टीबाट गजानन्द प्रसाद यादव, नेपाल मजदुर किसान पार्टीबाट चन्दन कुमार यादव, नेपाल सद्भावना पार्टीबाट भुला सिंह राजपुत र राप्रपाबाट राम दहिन रायले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेशसभा ‘ख’ मा स्वतन्त्र रुपमा अजय कुमार यादव, ओम प्रकाश प्रसाद यादव, ओम प्रवेश शर्मा, देवेन्द्र प्रसाद गिरी, नवल किशोर प्रसाद, प्रभुनाथ राउत, भरत प्रसाद साह, महेश्वर कुमार उपाध्याय, रामएकवाल प्रसाद यादव, सुरेश कुमार यादव र सुनिल कुमार पण्डितको उम्मेदवारी परेको छ ।

बारा क्षेत्र नम्बर ३ मा को–को छन् उम्मेदवार ?

बाराको निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभातर्फ १८ जना, प्रदेशसभा ‘क’ मा १५ र ‘ख’ मा १२ जना गरी ४५ जनाको उम्मेदवारी परेको छ । तीमध्ये स्वतन्त्र उम्मेदवारको संख्या १५ छ ।

बारा क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनका तर्फबाट लोसपा नेपालका लालबाबु सिंह उम्मेदवार बनेका छन् भने नेकपा एमालेका पोलिटब्युरो सदस्य ज्वालाकुमारी साह र जसपाबाट रामबाबु कुमार यादव पनि उम्मेदवार छन् । सो क्षेत्रमा एमाले र जसपाले मित्रवत प्रतिस्पर्धा गर्ने सहमति अनुसार दुवै दलले आफ्ना उम्मेदवार खडा गरेका हुन् ।

सो क्षेत्रमा विवेकशील साझा पार्टीबाट अमिरी साह तेली, नेपाल जनता पार्टीबाट गोपाल दास, हाम्रो नेपाली पार्टीबाट चन्द्र प्रकाश सुवेदी, एकीकृत शक्ति नेपालबाट नरेश कुमार चौलागाई, मंगोल नेशनल अर्गनाइजेसनबाट नुर महमद हवारी धोवी, नेपाल मजदुर किसान पार्टीबाट महमुदिन मिया अन्सारी, राप्रपा नेपालबाट राजेन्द्र प्रसाद जैसवार, जनमत पार्टीबाट राधिका देवी साह, राप्रपाबाट रुपनारायण ठाकुर लोहार र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुरेन्द्र शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।

बारा ३ मा स्वतन्त्रतर्फ इन्द्रदेव महतो, कलामुदीन अन्सारी, दिनेश्वर झा, मनोज पण्डित कुम्हार र रामकृष्ण साहको उम्मेदवारी परेको छ ।

बारा ३ ‘क’ प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका मुकेश साह, एमालेका रविन्द्र दास श्रेष्ठ र जसपाका भरत खड्काले उम्मेदवारी दिएका छन् ।

यस्तै राप्रपाबाट बलिराम राउत पटेल, राप्रपा नेपालबाट बलिराम हजरा दुसाद, नेपाल मजदुर किसान पार्टीबाट भुण्टा माझी, जनमत पार्टीबाट मदन प्रसाद साह, मंगोल नेशनल अर्गनाइजेसनबाट मेघ बाहादुर गोले, हाम्रो नेपाली पार्टीबाट शिवनाथ प्रसाद पटेल र नागरिक उन्मुक्ति पार्टीबाट सुरेन्द्र प्रसाद साह तेलीले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेश सभा ‘क’ मा स्वतन्त्र रुपमा दिपक कुमार बराल, दिलीप कुमार साह, ध्रुव प्रसाद यादव, नारायण क्षेत्री र शिवनाथ प्रसाद पटेलको उम्मेदवारी परेको छ ।

त्यसैगरी बारा ३ (ख) मा सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका जयचन्द्र प्रसाद चौरसिया, एमालेको तर्फबाट महम्मद समिर र जसपाबाट पारस प्रसाद साहले उम्मेदवारी दर्ता गराएका छन् ।

सो क्षेत्रमा राप्रपाबाट गणेश प्रसाद जैसवाल, नेपाल मजदुर किसान पार्टीबाट चन्द्रिका प्रसाद यादव, राप्रपा नेपालबाट मनोज साह तेली र जनमत पार्टीबाट सन्तोष प्रसाद पटेलको उम्मेदवारी परेको छ । स्वतन्त्रमा भने प्रदिप प्रसाद यादव, प्रमिला गिरी, बाचालाल साह कानु, बुधन प्रसाद यादव र सुरेश कुमार मोदकको उम्मेदवारी परेको छ ।

बारा–४ मा को–को छन् उम्मेदवार ?

प्रतिनिधिसभा अन्तर्गत बारा क्षेत्र नम्बर ४ मा २० जनाको उम्मेदवारी परेको छ । प्रदेशसभातर्फ ‘क’ मा १३ र ‘ख’ मा १५ जना उम्मेदवार छन् ।

प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनबाट पूर्व श्रममन्त्री तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य किसान श्रेष्ठ र एमाले–जसपा गठबन्धनबाट एकवाल मियाँले उम्मेदवारी दर्ता गरेका छन् । मियाँ बारा ४ नं क्षेत्रका निर्वतमान संघीय सांसद हुन् । उनी २०७४ को निर्वाचनमा तत्कालीन राजपा (हाल लोसपा)बाट निर्वाचित भएका थिए ।

आसन्न निर्वाचनमा लोसपासहितको सत्ता गठबन्धनमा बारा–४ मा किसान श्रेष्ठले टिकट पाउने निश्चित भएपछि अन्तिम समयमा मियाँ एमालेमा प्रवेश गरेर टिकट पाएका हुन् ।

बारा–४ मा श्रेष्ठ र मियाँबाहेक नेपाल सद्भावना पार्टीबाट खेदू महतो धानुक, राप्रपाबाट जलिल देवान, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पवन चौधरी, राप्रपा नेपालबाट रोहन कुमार, जनता प्रगतिशील पार्टीबाट श्रीनिवास महतो, हाम्रो नेपाली पार्टीबाट सन्तोष कुमार गुप्ता, विवेकशील साझा पार्टीबाट सुनिल प्रसाद साह कलवार र जनमत पार्टीबाट हरि प्रसाद कुर्मीको उम्मेदवारी दर्ता भएको छ ।

यस्तै, इच्छा बहादुर वाग्ले, किशोरीलाल कुर्मी, गोविन्द प्रसाद मण्डल, दिनेश प्रसाद भेडिहर, नेमराज प्रसाद जैसवाल, पुर्ण प्रसाद पन्थ, रामकृष्ण तिवारी, रामश्रेय प्रसाद कुशवाहा, हरि महरा र हरिनारायण सहनी मलाहले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रदेशसभातर्फ बारा–४ (क) मा सत्ता गठबन्धनका तर्फबाट क्षेत्र बहादुर श्रेष्ठ (अनिल), जसपा–एमाले गठबन्धनबाट देवनारायण चौधरीको उम्मेदवारी परेको छ ।

त्यसैगरी जनमत पार्टीबाट गणेश प्रसाद यादव, विवेकशील साझा पार्टीबाट डम्बर बहादुर खत्री, नेपाली कांग्रेस (बीपी)बाट द्वारिका श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट नन्दालाल राउत, जनता प्रगतिशील पार्टीबाट मारकन्डे प्रसाद, राप्रपाबाट यमकुमार जर्गा मगर र हाम्रो नेपाली पार्टीबाट सन्तोष कुशवाहाले उम्मेदवारी दिएका छन् ।

स्वतन्त्रतर्फ अनिल कुमार साह, कृष्ण प्रसाद चौलागाई, नारायणी रायमाझी र महेन्द्र प्रसाद थारुको उम्मेदवारी परेको छ ।

बारा ४ (ख) मा सत्ता गठबन्धनका तर्फबाट लोसपाका मधेस प्रदेश इन्चार्ज जितेन्द्र प्रसाद सोनार र एमाले–जसपा गठबन्धनको तर्फबाट आत्माराम प्रसाद साहले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, जनता प्रगतिशील पार्टीबाट छोटेलाल प्रसाद साह, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दिपेन्द्र कुमार कलवार, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट देवबाबु प्रसाद कुर्मी, विवेकशील साझा पार्टीबाट धनन्जय प्रसाद यादव, नेपाल लोकतान्त्रिक पार्टीबाट प्रभु प्रसाद गुप्ता, हाम्रो नेपाली पार्टीबाट लक्ष्मी नारायण महतो र जनमत पार्टीबाट सुरेश प्रसादले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, स्वतन्त्रमा भने अजय कुमार गुप्ता, उमेश कुमार कुशवाहा, केदार प्रसाद तेली, मोजाइद अन्सारी, राजकुमार राम र राजु देवानको उम्मेदवारी परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप