रूसी नेता पुटिन र युएईका राष्ट्रपति अल-नाह्यानबीच मस्कोमा भेटवार्ता हुने
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल–नाह्यानबीच मङ्गलबार मस्कोमा भेटवार्ता हुनेभएको छ ।
राष्ट्रपति अल–नाह्यानले राष्ट्रपति पुटिनसँग संयुक्त अरब इमिरेट्स (युएई) र रुसबीचको मैत्रीपूर्ण सम्बन्धका साथै विभिन्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दा र साझा चासोका घटनाक्रमबारे छलफल गर्ने संयुक्त अरब इमिरेट्स (युएई)को सरकारी समाचार संस्था डब्लुएएमले सोमबार जनाएको छ ।
साउदी अरबको नेतृत्वमा रहेको ओपेक समूह र ओपेक प्लस भनेर चिनिने रूसलगायत उसका सहयोगीहरूले तेलको मूल्य बढाउनका लागि तेल उत्पादन कटौती गर्ने निर्णय गरेको केही दिनपछि यो भ्रमण हुन लागेको हो । मस्कोसँग सकारात्मक सम्बन्ध राख्ने खाडी मुलुकहरू युक्रेनमाथि रुसको आक्रमणको आलोचना गर्न हिचकिचाइरहेका छन् ।
आक्रमणको केही हप्तापछि गत मार्चमा कतारका विदेशमन्त्री इरानको आणविक सम्झौता र युक्रेनमा जारी द्वन्द्वबारे छलफल गर्न रुसको राजधानी गएका थिए । गत मे महिनामा आफ्ना भाइको निधनपछि औपचारिक रूपमा राष्ट्रपतिको कार्यभार सम्हालेपछि शेख मोहम्मदको यो तेस्रो विदेश भ्रमण हुनेछ ।-रासस/एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी पहिरोमा परेर देशभर ३० जनाको मृत्यु, ११ जना बेपत्ता
-
ग्यास बुलेट पुलमुनिबाट निस्केपछि राहत
-
सिन्धुलीको कुशेश्वर गुरुकुलका ३३ जना बाढीको भँगालो बिचमा, उद्धारमा कठिनाइ
-
पहिरोले माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा क्षति, उत्पादन बन्द
-
सिन्धुलीको बाढीमा फसेका ३३ जनाको हेलिकप्टरबाट उद्धार गर्न पत्राचार
-
ललितपुरबाट प्रहरीको गाडी र मोटरसाइकल बाढीले बगायो