बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

रूसी नेता पुटिन र  युएईका राष्ट्रपति अल-नाह्यानबीच मस्कोमा भेटवार्ता हुने

सोमबार, २४ असोज २०७९, १७ : ३२
सोमबार, २४ असोज २०७९

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल–नाह्यानबीच मङ्गलबार मस्कोमा भेटवार्ता हुनेभएको छ ।

राष्ट्रपति अल–नाह्यानले राष्ट्रपति पुटिनसँग संयुक्त अरब इमिरेट्स (युएई) र रुसबीचको मैत्रीपूर्ण सम्बन्धका साथै विभिन्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दा र साझा चासोका घटनाक्रमबारे छलफल गर्ने संयुक्त अरब इमिरेट्स (युएई)को सरकारी समाचार संस्था डब्लुएएमले सोमबार जनाएको छ ।

साउदी अरबको नेतृत्वमा रहेको ओपेक समूह र ओपेक प्लस भनेर चिनिने रूसलगायत उसका सहयोगीहरूले तेलको मूल्य बढाउनका लागि तेल उत्पादन कटौती गर्ने निर्णय गरेको केही दिनपछि यो भ्रमण हुन लागेको हो । मस्कोसँग सकारात्मक सम्बन्ध राख्ने खाडी मुलुकहरू युक्रेनमाथि रुसको आक्रमणको आलोचना गर्न हिचकिचाइरहेका छन् ।

आक्रमणको केही हप्तापछि गत मार्चमा कतारका विदेशमन्त्री इरानको आणविक सम्झौता र युक्रेनमा जारी द्वन्द्वबारे छलफल गर्न रुसको राजधानी गएका थिए । गत मे महिनामा आफ्ना भाइको निधनपछि औपचारिक रूपमा राष्ट्रपतिको कार्यभार सम्हालेपछि शेख मोहम्मदको यो तेस्रो विदेश भ्रमण हुनेछ ।-रासस/एएफपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप