शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

देउवाको उम्मेदवारीविरुद्ध उजुरी दर्ता

सोमबार, २४ असोज २०७९, २० : ००
सोमबार, २४ असोज २०७९

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी विरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । डडेल्धुराबाट प्रतिनिधिसभा उम्मेदवार बनेका देउवाको नागरिकताको जन्म मिति र मतदाता परिचयपत्रमा जन्ममिति फरक–फरक भएपछि उजुरी परेको हो ।

डडेल्धुरामा कांग्रेस वीपीबाट उम्मेदवार बनेका कर्णबहादुर मल्लले देउवाविरुद्ध आफूले उजुरी दर्ता गरेको बताए । उनले रातोपाटीसँग भने, ‘मैले देउवाको उम्मेदवारी विरुद्ध उजुरी दर्ता गराएको छु । उहाँको उम्मेदवार शतप्रतिशत खारेजी हुनुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप