बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

रेखा शर्मासहित देशभरका गठबन्धनका उम्मेदवारलाई विजयी गराउन महराको आग्रह

सोमबार, २४ असोज २०७९, १७ : ०७
सोमबार, २४ असोज २०७९

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले दाङ निर्वाचन क्षेत्र नं २ मा स्थायी समिति सदस्य रेखा शर्मासहित देशभरका गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन आग्रह गरेका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै महराले  मंसिर ४ गतेको प्रतिनिधिसभा निर्वाचनमा आफू प्रत्यक्ष तथा समानुपातिक कतैपनि उम्मेदवार नभइ नयाँ पुस्तालाई अघि सार्न चाहेको बताएका हुन् । 

संसदीय राजनीतिको तीन दशकसहित झण्डै पाँच दशकको राजनीतिक अनुभव आगामी दिनमा पनि पार्टीको जिम्मेवारीमा रहेर उपयोग गर्ने उनको भनाइ छ । दाङ, रोल्पालगायत समग्र देशको समृद्धि, विकासका लागि आफूले राजकीय भूमिकामा रहँदा वा बाहिर रहँदा पनि सदैव नजिक रहेर काम गरेको उल्लेख गर्दै महराले भनेका छन्, ‘संसदीय भूमिकामा नरहँदा पनि त्यसमा कुनै कमी हुन दिने छैन । समाजसेवा र पार्टीको काममा मेरो सक्रियता झनै बढ्नेछ । संसदीय राजनीति र चुनावी मोर्चाको भूमिकामा युवा तथा नयाँ उर्जाशिल कमरेडहरु अगाडि आउनु हुनेछ भन्ने मैले विश्वास लिएको छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप